शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

संविधानको मूल मर्म अनुसार तीन वटै तहका सरकारले काम गर्न सकेनन् : सिटौला

सोमबार, २३ असार २०८२, २१ : १५
सोमबार, २३ असार २०८२

काठमाडौँ। नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले संविधानको मूल मर्म अनुसार नेपालका तीन वटै तहका सरकारले काम गर्न नसकेको बताएका छन् ।

गिरिजाप्रसाद कोइरालाको १०२ औँ जन्म जयन्तीका सन्दर्भमा ’जि.पि.कोइराला लोकतन्त्र संवर्द्धन केन्द्रले सोमबार काठमाडौंमा आयोजना गरेको “गिरिजाप्रसाद कोइराला र आजको राजनीतिक परिस्थिति“ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले तीनै तहका सरकारले संविधानको मूल मर्म अनुसार काम गर्न नसकेको बताए ।

'नेपालमा सङ्घीयता नितान्त नयाँ व्यवस्था हो, सङ्घीयताको मूल मर्म अनुसार नेपालमा सरकारले काम गर्न सकेका छैनन्, सङ्घीय सरकारले पनि वास्तविक संविधानको कार्यान्वयन गर्न सकेको छैन, प्रदेश सरकार, स्थानीय सरकारले पनि सङ्घीयताको मूल मर्म अनुसार काम गर्न सकेका छैनन्,' सिटौलाले भने ।

उनले गिरिजा बाबुको मूल राजनीतिक अन्तर्वस्तु संविधानमा स्थापित भएको भन्दै संविधानको मूल उद्देश्य सङ्घीयता, लोकतन्त्र, गणतन्त्र, समानुपातिक समावेशी प्रणाली रहेको बताए ।

नेता सिटौलाले संविधानको कार्यान्वयनका लागि सरकार, संवैधानिक परिषद्, न्यायपालिका, कार्यपालिका सबैले जनताका पक्षमा काम गर्ने गरी गम्भीरतापूर्वक समीक्षा गर्नु  पर्ने बताए। नभए संविधानको मूल मर्म र उद्देश्यले सफलता प्राप्त गर्न नसक्ने उनले प्रस्ट पारे । 

'संविधानको कार्यान्वयनका लागि सरकार, संवैधानिक परिषद्, न्यायपालिका, कार्यपालिका सबैले जनताका पक्षमा काम गर्ने गरी गम्भीरतापूर्वक समीक्षा गर्नु पर्छ,आवश्यक परे संविधान समेत संशोधन गरौँ,' उनले भने ।

कार्यक्रममा कांग्रेस नेतृ डीला संग्रौलाले नेपाली राजनीतिले बाटो बिराएको बताइन् । ’नेपाली राजनीतिले बाटो बिराएको छ, राजनीति सही दिशामा छैन, मुलुकको स्वास्थ्य, शिक्षा र रोजगारीले बाटो बिराएको छ।झ नेतृ संग्रौलाले भनिन् ।

कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले नेपालले विगतको तुलनामा विकासको गतिमा फड्को मारेको बताए। उनले गिरिजा प्रसादको सडक पूर्वाधारदेखि, स्वास्थ्य तथा शिक्षा र सञ्चारमा रहेको योगदान अविस्मरणीय रहेको बताए ।

यस्तै नेता भीमसेनदास प्रधानले राजनीति र पार्टीलाई सँधै जनता र देशप्रति जिम्मेवार बनाउनु पर्छ भन्ने गिरिजाप्रसादको प्रेरणा रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप