उद्धार र राहतमा युद्धस्तरमा लाग्न कांग्रेसको आग्रह
सारांश
- नेपाली कांग्रेसले रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ।
- कांग्रेसले बाढीपहिरोबाट हुने क्षति कम गर्न देशव्यापी सतर्कता अपनाउन अपिल गरेको छ।
- कांग्रेसले उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएको छ।
काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले रसुवा जिल्लामा भोटेकोशी नदीमा आएको बाढीले गरेको जनधनको क्षतिले दुःखित र गम्भीर बनाएको बताएको छ ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै बाढी पहिरोबाट हुने क्षति न्यूनीकरणका लागि देशव्यापी सतर्कताका लागि अपिल गरेका छन् । विज्ञप्तिमा उद्धार र राहतमा युद्धस्तरमा लाग्न आग्रह गरिएको छ ।
‘३ प्रहरीसहित १५ नागरिक बेपत्ता भएको घटना अत्यन्तै दुःखद छ । नेपाल–चीन जोड्ने मितेरी पुल एवं भन्सार क्षेत्रमा रहेका कन्टेनर र अन्य मोटर बगाउँदा करोडौँको क्षति भएको छ । यो विपत्तिको समयमा उद्धार कार्यलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन नेपाली कांग्रेस सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ’ विज्ञप्तिमा लेखिएको छ ।
वर्षाको समयमा हरेक वर्ष बाढी पहिरोको प्रकोप सामना गर्नु परेको र बेमौसममै पनि गत वर्ष असोज १२ मा गम्भीर विपत्ति व्यहोर्नु परेको स्मरण गर्दै/स्मरण गराउँदै काँग्रेसले एक्यवद्ध ढंगले प्रकोप सामनामा व्यवस्थित योजना साथ तत्पर रहन तिनै तहको सरकारलाई आग्रह गरेको छ । विज्ञप्तिमा नागरिक तहबाट राख्नु पर्ने उच्च सतर्कताका लागि पनि सार्वजनिक अपिल पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण