शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

रसुवा बाढीबारे सार्वजनिक प्रारम्भिक अध्ययन प्रतिवेदनमा के छ ? (पूर्णपाठ)

मङ्गलबार, २४ असार २०८२, १२ : २५
मङ्गलबार, २४ असार २०८२

सारांश

  • रसुवामा मंगलबार बिहान भोटेकोशी नदीमा तिब्बतबाट बाढी आयो।
  • बाढीका कारण ६ चिनियाँ नागरिकसहित १८ जना बेपत्ता भएका छन्, ९ जनाको उद्धार गरियो।
  • बाढीले रसुवागढीमा रहेका गाडी र नेपाल-चीन जोड्ने मितेरी पुलमा क्षति पुर्‍यायो।

काठमाडौँ । रसुवामा मंगलबार बिहान एकाएक आएको बाढीबारे जल तथा मौसम विभाग, बाढी पूर्वानुमान महाशाखाले प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । 

प्रतिवेदनअनुसार बिहान ३ बजे आसपास भोटेकोशी नदीमा तिब्बत क्षेत्रबाट एक्कासि ठुलो बाढी आएको उल्लेख छ । तर उपलब्ध विवरणहरू विश्लेषणका आधारमा वर्षाकै कारण यति ठुलो बाढी आएको नदेखिने महाशाखाको भनाइ छ । 

महाशाखाले भनेको छ, ‘ ‘प्रारम्भिक रूपमा यस बाढी वर्षाको कारण उत्पन्न भएको देखिँदैन । भोटेकोशी नदी जलाधारको तिब्बतको क्षेत्रमा थुप्रै हिमतालहरू अवस्थित रहेकाले बाढीको सम्भावित कारण पत्ता लगाउन तथा नदी तटीय क्षेत्रमा थुप्रै हिमतालहरू अवस्थित रहेकाले बाढीको सम्भावित कारण पत्ता लगाउन नदी जलाधारको तिब्बतको क्षेत्रमा बाढीको असर आकलनका लागि आज बिहान ९ बजे सेन्टिनेल एसिया प्लेटफममा तत्कालको भूउपग्रह तस्बिर प्राप्त गर्न इमरर्जेन्सी अब्जरभेसन रिक्वेस्ट जारी गरिएको छ ।’

बाढीमा परेर नेपाल–चीन सीमा नाका रसुवागढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन भएका छन् । यस्तै ९ जनाको उद्धार भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । 

 गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर २ स्थित रसुवागढीमा भन्सार जाँचपासका लागि राखिएका केही गाडी समेत बाढीले बगाएको छ । 

यस्तै बाढीले नेपाल र चीन नाका जोड्ने मितेरी पुल बताएको छ ।  

1234

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप