संसद् बैठक
प्रतिनिधिसभामा रास्वपा र राप्रपाको अवरोध
बुधबार, २५ असार २०८२, १३ : १९
सारांश
- प्रतिनिधिसभा बैठकमा रास्वपा र राप्रपाले विरोध जनाएका छन्।
- सभामुखले सभा सुरु भएको जानकारी गराउनासाथ उनीहरूले विरोध सुरु गरेका हुन्।
- सभामुख घिमिरेले रास्वपा सांसद सोविता गौतमलाई बोल्न दिएका छन्।
काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विरोध गरेका छन् । सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै उनीहरूले उठेर विरोध गरिरहेका छन् ।
अहिले सभामुख घिमिरेले रास्वपा सांसद सोविता गौतमलाई बोल्न दिइरहेका छन् । उनी अहिले बोलिरहेकी छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण