कप्तान चयनका विषयमा किन आयो विवाद ? एन्फाले दियो प्रस्टीकरण
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले महिला फुटबल टिमका प्रमुख प्रशिक्षक प्याट्रिक डे वाइल्डका कारण कप्तान चयनमा विवाद भएको जनाएको छ ।
एएफसी एसियन कप छनोट खेल्न उज्बेकिस्तान गएको नेपाली टोलीका अफिसियलहरुले बुधबार एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलन गर्दै कप्तान चयनमा प्रमुख प्रशिक्षक प्याट्रिक एकतर्फी ढङ्गले अघि बढ्दा विवाद भएको जनाएका हुन् ।
टिम व्यवस्थापक तथा एन्फा कार्यकारी समिति सदस्य सरिला श्रेष्ठले काठमाडौँमा नै खेलाडी बिदाइ कार्यक्रममा नै टिम कप्तान चयन गर्न प्रस्ताव गर्दा प्याट्रिकले असहमति जनाएको बताए ।
उनले एएफसी एसियन कप छनोटको पहिलो खेलको केहि समय अघि समेत कप्तानसहितको टिम लिस्ट नआएपछि आफूहरूले पटक पटक आग्रह गर्दा ५ मिनेटअघि मात्रै टिमको नाम लिस्ट आएको जिकिर गरे ।
तर त्यसमा कप्तानको नाम नभएकाले सिनियर खेलाडीको रुपमा रेनुका नगरकोटीको नाम राखेर लिस्ट एएफसीलाई पठाएको उनले बताए ।
त्यसपछि आर्मब्यान्ड लगाउन खोज्दा प्रशिक्षकले रोकेर साम्बा कप्तान भएको जानकारी गराएको श्रेष्ठले बताए । उनले साम्बालाई कप्तान बनाउँदा आफुहरुलाई कुनै आपत्ति नहुने भएपनि प्रशिक्षक प्याट्रिकले किन त्यस्तो गरे भन्न बुझ्न नसकेको धारणा राखे ।
उनले प्रशिक्षक प्याट्रिक नेपाल फर्कने वा नफर्कने भन्ने बारेमा अनविज्ञ रहेको बताए । नेपाली टीमका व्यवस्थापकसंग प्याट्रिकले आफ्नो पारिश्रमिक माग्नका लागि भनिदिन समेत आग्रह गर्ने गरेको श्रेष्ठको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण