बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय

सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले गर्‍यो ७१ प्रतिशत बजेट खर्च

बिहीबार, २६ असार २०८२, ०८ : ५९
बिहीबार, २६ असार २०८२

सारांश

  • बनगाड कुपिण्डे नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा ७१.२५ प्रतिशत बजेट खर्च गरेको छ।
  • नगरपालिकाले चालु बजेटको ७६.५ प्रतिशत खर्च गरेको छ, भने विकास बजेट कम कार्यान्वयनमा आएको छ।
  • वरिष्ठ लेखा अधिकृत दिनेश भण्डारीका अनुसार पुँजीगत बजेटको ६२.२२ प्रतिशत मात्रै खर्च भएको छ।

सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा कुल बजेटको ७१.२५ प्रतिशत रकम खर्च गरेको छ ।

नगरपालिकाले यो वर्ष ७४ करोड ७८ लाख ६३ हजार रुपैयाँ बराबरको कुल बजेट ल्याएको थियो ।त्यसमध्ये ५३ करोड २८ लाख ६७ हजार अर्थात ७१.२५ प्रतिशत रकम खर्च भएको नगरपालिकाका वरिष्ठ लेखा अधिकृत दिनेश भण्डारीले बताए ।

नगरपालिकाले विकास बजेटभन्दा चालु बजेट नै बढी खर्च गरेको छ । चालुतर्फ यो नगरपालिकाले ४७ करोड ३१ लाख ८९ हजार रुपैयाँ विनियोजित गरेकोमा असार मसान्तसम्म ३६ करोड १९ लाख ७० हजार रुपैयाँ खर्च भएको छ, जुन कुल चालु बजेटको ७६.५ प्रतिशत हो ।

तर विकास बजेट भने चालु भन्दा न्यून कार्यान्वयनमा आएको छ । पुँजीगततर्फ यो वर्ष २७ करोड ४६ लाख ७४ हजार विनियोजन भएकोमा १७ करोड ८ लाख ९६ हजार मात्रै कार्यान्वयनमा आएको भण्डारीले बताए । जुन पुँजिगत बजेटको ६२.२२ प्रतिशत हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप