स्वर्गीय बालाराम घर्ती मगरको मंगलबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने
सारांश
- राप्रपाका संस्थापक सदस्य बालाराम घर्ती मगरको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ।
- स्व. घर्ती मगरको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि राप्रपाको केन्द्रीय कार्यालयमा राखिनेछ।
- वरिष्ठ नेता घर्ती मगरको निधनप्रति पार्टीले गहिरो दुःख व्यक्त गर्दै योगदानको स्मरण गरेको छ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संस्थापक सदस्य, पूर्वमन्त्री तथा वरिष्ठ नेता बालाराम घर्ती मगरको अन्तिम संस्कार मंगलबार पशुपति आर्यघाटमा गरिने भएको छ।
राप्रपाका अनुसार स्व. घर्ती मगरको पार्थिव शरीर असार ३१ गते (मंगलबार) बिहान १० बजेदेखि १२ बजेसम्म चाबहिलस्थित राप्रपाको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिनेछ। सोही दिन पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पार्टीले जनाएको छ।
वरिष्ठ नेता घर्ती मगरको शुक्रबार निधन भएको थियो। पार्टीले शनिबार एक शोक वक्तव्य जारी गर्दै उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ। वक्तव्यमा घर्ती मगरको योगदान सधैं स्मरणीय रहने उल्लेख छ।
'राप्रपा निर्माणमा स्व. घर्ती मगरको योगदान सम्मानपूर्वक सदैव स्मरणमा रहिरहनेछ,' प्रवक्ता मोहन श्रेष्ठद्वारा जारी वक्तव्यमा भनिएको छ, 'उहाँको निधनबाट राप्रपा र नेपालको देशभक्तिपूर्ण आन्दोलनमा ठूलो क्षति पुगेको छ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण