अपराध
सुनसरीमा भिनाजुद्वारा गोली प्रहार गरेर १८ वर्षीया किशोरीको हत्या
सोमबार, ३० असार २०८२, ०९ : २२
सारांश
- सुनसरीको हरिनगरमा १८ वर्षीया किशोरीको गोली हानी हत्या गरिएको छ।
- प्रहरीका अनुसार, मृतकलाई उनका भिनाजु पर्ने भारतीय नागरिकले गोली हानेका थिए।
- घटनास्थलबाट नपड्केको गोली फेला परेको छ भने आरोपी फरार छन्, प्रहरीले खोजी गरिरहेको छ।
काठमाडौँ । सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित महरम चोकमा गोली प्रहार गरेर १८ वर्षीया किशोरीको हत्या भएको छ । सोमबार बिहान साढे २ बजेतिर अरसी खातुनमाथि गोली प्रहार भएको हो ।
प्रारम्भिक अनुसन्धानबाट उनको भिनाजु नाता पर्ने अजाद मियाँ जटले गोली प्रहार गरेको थाहा भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले रातोपाटीलाई बताए । आरोपी भारतीय नागरिक हुन् ।
मृतकको टाउकोमा गोली लागेको छ । गोली प्रहारमा संलग्न आरोपी २९ वर्षीय जट फरार छन् । घटनास्थलमा सानो पेस्तोलमा लाग्ने नपड्केको गोली भेटिएको डीएसपी खतिवडाले जानकारी दिए । आरोपीलाई प्रहरीले खोजी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण