भारतीय विदेशमन्त्री एस. जयशंकर र चिनियाँ राष्ट्रपति सीबिच भेटवार्ता, के भयो कुराकानी ?
सारांश
- भारतीय विदेशमन्त्री एस. जयशंकरले बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई भेटे।
- जयशंकरले भारत र चीनबीचको सम्बन्ध र सीमा मुद्दाबारे छलफल गरेको बताए।
- यो भ्रमण २०२० मा एलएसीमा सैन्य गतिरोधपछि भएको हो।
बेइजिङ । भारतका विदेशमन्त्री एस. जयशंकरले मंगलबार बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई भेटेका छन् । सामाजिक सञ्जाल प्लेटफर्म एक्समा जयशंकरले आफैँले यस भेटघाटको बारेमा जानकारी दिएका हुन् ।
‘मैले हामी (भारत र चीन)बिचको द्विपक्षीय सम्बन्धमा हालै भइरहेका विकासबारे उहाँ (सी)लाई जानकारी गराएको छु । हामी यस सम्बन्धमा हाम्रा नेताहरूको मार्गदर्शनलाई अत्यन्त महत्त्वपूर्ण ठान्छौँ ।’ पोस्टमा जयशंकरले लेखेका छन् ।
जयशंकर सांघाई सहयोग सङ्गठन एससीओ)को सम्मेलनमा भाग लिन चीन पुगेका हुन् । यसअघि सोमबार, जयशंकरले चिनियाँ विदेशमन्त्री वाङ यीलाई पनि भेटेका थिए ।
भारत र चीन बिचको द्विपक्षीय सम्बन्धसहित सीमा सम्बन्धी मुद्दाहरूको समाधानको बारेमा छलफल भएको बैठकपछि उनले बताए । पूर्वी लद्दाखमा वास्तविक नियन्त्रण रेखा (एलएसी)मा २०२० मा सैन्य गतिरोध र त्यसपछि दुई देश बिचको सम्बन्धमा तनाव पछि भारतीय विदेशमन्त्रीको यो पहिलो चीन भ्रमण हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण