सिटामोलको गीत ‘मुटुभित्र खिल छ हजुर’ सार्वजनिक
ठमाडौँ । आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘सिटामोल’को दोस्रो गीत ’मुटुभित्र खिल छ हजुर’ सार्वजनिक गरिएको छ ।सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मासहित संगीतकार बाबुल गिरी पनि भिडियोमा देखिएका छन् ।
संगीतकार बाबुल गिरीको संगीत तथा स्वर रहेको गीतको शब्द गोविन्द भट्टको छ। गीतले दर्शकमाझ फिल्मको हाइप उच्च बनाउने विश्वास निर्माण टिमको छ ।
राज बहादुर साने निर्देशित फिल्ममा सौगात र बेनिशासहित श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बाल कलाकार करण नेपाली, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ । श्री कृष्ण र जानुकाले यही फिल्मबाट नेपाली रजतपटमा डेव्यु गरेका हुन् ।
तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको फिल्मको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन् । सिमोस सुनुवारको प्रस्तुती रहेको फिल्ममा भूगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सह–निर्मातामा रहेका छन् ।
बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, देव महर्जन र शंकर महर्जनको द्वन्द्व रहेको फिल्म दिव्य सुवेदीले खिचेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा, बाइक र कार दुवै सेवा उपलब्ध
-
स्थानीय निर्वाचन ‘गैर दलीय’ बनाउन सुझाव
-
सीमा विवादमा राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’
-
चलचित्र पत्रकार संघ नेपालद्वारा राष्ट्रिय फिचर लेखन प्रतियोगिता घोषणा
-
अमेरिकी प्रतिनिधिसभाद्वारा लेबनान युद्ध अधिकारसम्बन्धी प्रस्ताव अस्वीकृत
-
वातावरण दिवसका अवसरमा पोखराका विभिन्न स्थानमा ६ हजार वृक्षारोपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण