विद्या र नन्दकिशोरको क्रियाशीलताबारे विवाद सिर्जना हुनु गम्भीर : बाबुराम भट्टराई
सारांश
- बाबुराम भट्टराईले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिको पार्टी आबद्धतामाथि प्रश्न उठाए।
- उनले यसलाई गणतन्त्रको स्वास्थ्य, मर्यादा र दिगोपनका लागि गम्भीर विषय भनेका छन्।
- भट्टराईले पूर्व पदाधिकारीहरूको राजनीतिक संलग्नता राष्ट्रिय हितसँग जोडिएको बताए।
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनको एमाले र माओवादी केन्द्रमा औपचारिक आबद्धता र क्रियाशीलताले देश र सम्बन्धित पार्टीहरूभित्र बहस र विवाद सिर्जना हुनु गम्भीर विषय भएको बताएका छन् ।
शुक्रबार राति सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै अध्यक्ष भट्टराईले भण्डारी र पुनको क्रियाशीलताले देश र सम्बन्धित पार्टीहरूभित्र बहस र विवाद सिर्जना हुनु शिशु सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्वास्थ्य, मर्यादा र दिगोपनका लागि गम्भीर विषय भएको बताएका हुन् ।
भट्टराईले यो मुद्दा अब सम्बन्धित पार्टी र तीभित्रका गुट–उपगुटहरूको लाभहानी र चासोको विषय मात्र नरहेर देशको राष्ट्रिय हित, लोकतान्त्रिक गणतन्त्रको मर्म, शासकीय प्रणालीको चरित्र र नेपालका कम्युनिष्ट पार्टीहरूको वैचारिक–राजनीतिक प्रतिबद्धतासँग समेत जोडिएको सार्वजनिक महत्वको विषय बन्न पुगेको बताएका छन् ।
उनले भर्खरै वंशाणुगत राजतन्त्रको अन्त्य गरेर लोकतान्त्रिक गणतन्त्रमा संवैधानिक राष्ट्रपतिको व्यवस्था गरेको मुलुकमा सुरु सुरुका राष्ट्रपतिहरू र उपराष्ट्रपतिहरूले कस्तो परम्परा कायम गर्छन् भन्ने कुराले दीर्घकालीन महत्त्व राख्ने समेत बताएका छन् ।
अध्यक्ष भट्टराईले भारत लगायत विश्वभरका संवैधानिक–सेरेमोनियल राष्ट्रपति भएका लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकहरूमा पूर्व राष्ट्रपतिहरू (उपराष्ट्रपतिहरू समेत) अवकाश पछि राजनीतिक दलहरूमा आबद्ध भएर काम नगर्ने उदाहरण समेत दिएका छन् ।
हेर्नुहोस् भट्टराईको स्ट्याटस :
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण