आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

क्लब प्रवेशका लागि लाइनमा बसिरहेकै बेला कारको ठक्कर, ३० जना घाइते

आइतबार, ०४ साउन २०८२, ०५ : ०४
आइतबार, ०४ साउन २०८२

सारांश

  • लस एन्जलसको नाइट क्लबमा कारले ठक्कर दिँदा ३० जना घाइते भए, जसमध्ये सात जना गम्भीर छन्।
  • क्लबमा प्रवेशका लागि लाइनमा बसेका महिलाहरूलाई कारले जानाजान ठक्कर दिएको र चालकले यू-टर्न लिएको देखिएको थियो।
  • प्रहरीले घटना नियोजित हुनसक्ने आशंका गरेको छ र चालक मादक पदार्थ सेवन गरेको हुनसक्ने अनुमान छ।

काठमाडौँ । अमेरिका, लस एन्जलसको पूर्व हलिउड क्षेत्रमा रहेको एक नाइट क्लबमा प्रवेशका लागि लाइनमा बसिरहेका व्यक्तिहरूलाई कारले ठक्कर दिँदा ३० जना घाइते भएका छन्।

शनिबार बिहान करिब २ बजे सान्ता मोनिका बुलिभार्डमा रहेको ‘भर्मन्ट हलिउड’ नामक म्युजिक भेन्यु अगाडि महिलाहरूको पङ्क्ति क्लबभित्र छिर्ने प्रतीक्षामा रहेका बेला एक कारले उनीहरूलाई ठक्कर दिएको हो।

घटनामा सात जना गम्भीर अवस्थामा छन् भने अन्य कैयौँको अवस्था पनि चिन्ताजनक छ। घटनाको समयमा क्लबमा ‘रेगे–हिप हप’ कार्यक्रम भइरहेको थियो।

स्थानीय प्रहरीका अनुसार चालकले भिडमा ठोकिनुअघि जानाजान यु–टर्न लिएको देखिएकोले यो घटना नियोजित हुनसक्ने आशङ्का गरिएको छ। भिडमा ठक्कर दिएपछि स्थानीयहरूले चालकलाई कारबाट निकालेर आक्रोशमा कुटपिट गरेका थिए। यही क्रममा एक जनाले चालकलाई गोलीसमेत हानेको प्रहरीले जनाएको छ। चालकको अवस्था अझै अज्ञात छ।

घटनापछि लस एन्जलस प्रहरी विभाग  र उद्धार टोली घटनास्थलमा पुगेका थिए। प्रारम्भिक अनुसन्धानअनुसार चालक मादक पदार्थको प्रभावमा रहेको अनुमान गरिएको छ।

नगर प्रमुख करेन बासले यो घटना “हृदयविदारक” रहेको बताउँदै सबै पीडितप्रति समवेदना प्रकट गरेकी छन्। घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप