अस्पतालभित्र पसेर कुख्यात ग्याङस्टरको हत्या, मुख्य अभियुक्तसहित ४ जना पक्राउ
सारांश
- पटनाको पारस अस्पतालमा चन्दन मिश्रको हत्या आरोपमा मुख्य अभियुक्त पक्राउ परेका छन्।
- प्रहरीले मुख्य अभियुक्तसँगै अन्य तीन जनालाई पनि पक्राउ गरेको छ, जसलाई कोलकाताबाट पक्राउ गरिएको हो।
- चन्दन मिश्रको हत्या ग्याङ्गवार वा व्यक्तिगत रिसइबीका कारण भएको हुनसक्ने प्रहरीको अनुमान छ।
नयाँ दिल्ली । पटनाको पारस अस्पतालमा चन्दन मिश्रको हत्या प्रकरणमा मुख्य अभियुक्त पक्राउ परेका छन् । प्रहरीले मुख्य अभियुक्तसँगै अन्य तीन जना अभियुक्त पनि पक्राउ गरेका छन् ।
पटनाका एसएसपी कार्तिकेय शर्माले बीबीसी हिन्दीलाई बताएअनुसार यी चार जनालाई आइतबार बिहान कोलकाताबाट पक्राउ गरिएको हो ।
‘सीसीटीभी फुटेजमा अगाडि देखिएको व्यक्ति र उनीसँगै रहेका तीन जनालाई पक्राउ गरिएको छ । अहिले हामी उनीहरूको ट्रान्जिट रिमान्डको प्रक्रियामा छौँ । त्यसपछि सोधपुछ गरिनेछ र हत्याको बारेमा थप जानकारी उपलब्ध हुनेछ’ शर्माले भने ।
पटनाको सबैभन्दा ठुला अस्पतालहरू मध्ये एक पारस अस्पतालको कोठा नम्बर २०९ मा बिहीबार बिहान ७ः१५ बजेतिर चन्दन मिश्र नामक व्यक्तिको हत्या गरिएको थियो ।
यसका लागि पाँच जना व्यक्ति पेस्तोल देखाउँदै कोठामा प्रवेश गरेर चन्दन मिश्र नामका व्यक्तिलाई गोली हानेर भागेका थिए । दोषी ठहरिएका चन्दन मूल रूपमा बिहारको बक्सरका बताइएको छ ।
अस्पतालमा भएको घटनाको सीसीटीभी फुटेजमा आक्रमणकारीहरूको अनुहारमा मास्क छैन । तिनीहरू कोठामा प्रवेश गर्छन्, कम्मरबाट पेस्तोल निकाल्छन् र गोली हान्छन् अनि बिना कुनै हतार निस्किएर जान्छन् ।
‘चन्दन मिश्रा सजाय पाइरहेका कैदी हुन् । उनी पेरोलमा बाहिर निस्किएका थिए । यस्तो देखिन्छ कि बक्सरको ग्याङ्गवार वा व्यक्तिगत प्रतिशोधका कारण यो हत्या भएको देखिन्छ । प्रहरीले घटनामा संलग्न अपराधीहरूको पहिचान गरिसकेको छ’ यस घटनापछि पटनाका एसएसपी कार्तिकेय शर्माले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रकमा फल्स बटम बनाई लुकाइछिपाई राखेको गाँजासहित दुई जना नियन्त्रणमा
-
डोल्पामा पहिरोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु, चार जना घाइते
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
असन्तुष्ट छ रास्वपाभित्रको मधेस
-
ट्राफिक कारबाहीमा पाँच लाख २८ हजार राजस्व असुली
-
सशस्त्र प्रहरीद्वारा ३ मोटरसाइकलसहित झन्डै १२ लाखको अवैध कपडा बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण