शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

प्रतिस्पर्धी पार्टीहरूमध्ये कांग्रेससँग सबैभन्दा राम्रो सिद्धान्त छ : सभापति देउवा

सोमबार, ०५ साउन २०८२, १७ : ५५
सोमबार, ०५ साउन २०८२

सारांश

  • शेरबहादुर देउवाले कांग्रेस समाजवादी पार्टी भएको दाबी गर्दै कांग्रेसको आदर्श उत्कृष्ट रहेको बताए ।
  • उनले पार्टीको सिद्धान्त र आदर्शलाई देशव्यापी रूपमा बुझाउन आवश्यक रहेको उल्लेख गरे ।
  • देउवाले आदिवासी जनजातिलगायत सबै जातजातिलाई कांग्रेसमा समेट्नुपर्ने बताए ।

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस समाजवादी पार्टी भएको दाबी गर्दै प्रतिस्पर्धी पार्टीमध्ये कांग्रेसको आदर्श र सिद्धान्त सबैभन्दा राम्रो भएको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागद्वारा आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले पार्टीको सिद्धान्त र आदर्श अहिले सबैभन्दा महत्त्वपूर्ण कुरा भएको बताएका हुन् । 

कांग्रेसको सिद्धान्त र आदर्शलाई देशव्यापी रूपमा बुझाउन आवश्यक रहेको पनि उल्लेख गरे । कांग्रेस सबैभन्दा पुरानो पार्टी, राम्रो सिद्धान्त, आदर्श प्रजातान्त्रिक समाजवाद भएको पार्टी भएको उनको भनाई छ ।

सभापति देउवाले भने- ‘आजको जमानामा पार्टीको सिद्धान्त, आदर्श, धेरै महत्त्वपूर्ण कुरा छ । प्रतिस्पर्धी पार्टीहरूमध्ये हाम्रो सबैभन्दा राम्रो सिद्धान्त छ । हाम्रो पार्टीको सिद्धान्त र आदर्शलाई देशव्यापी रूपमा बुझाउन आवश्यक छ । सबैभन्दा पुरानो पार्टी, राम्रो सिद्धान्त, आदर्श प्रजातान्त्रिक समाजवाद छ । समाजवादी पार्टी हो । त्यसलाई त्यसको शिक्षाहरूलाई अझ व्यापक रूपमा बुझाउन सके नेपालमा नेपाली काँग्रेस एउटा ठुलो पार्टी त छँदैछ, अझ बहुमत प्राप्त गर्न सक्ने पार्टी हुनसक्छ । यद्यपि अहिलेको समावेशी, समानुपातिक आधारमा जो व्यवस्था छ, त्यसले सबै तहका नेपालका सबै दाजुभाइ दिदीबहिनीहरूलाई समावेश गर्ने किसिमको समावेशी सिद्धान्तका आधारमा संविधान बनेको छ ।’

सभापति देउवाले आदिवासी जनजाति सबै जातजातिहरूलाई कांग्रेसमा समेट्न जरुरी रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप