वाईसीएल नेपालद्वारा मनोहरा सुकुम्वासी बस्तीमा अस्थायी तटबन्ध निर्माण
काठमाडौँ । नेकपा(माओवादी केन्द्र) निकट युवा सङ्गठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल)ले मनोहरा खोला किनारमा रहेको सुकुम्वासी बस्तीमा अस्थायी तटबन्ध लगाएको छ । ‘श्रम तथा उत्पादनमा वाईसीएल’ अभियान अन्तर्गत वाईसीएल नेपाल बागमती प्रदेश र विशेष सम्पर्क प्रदेशको संयुक्त आयोजनामा आज बिहान तटबन्ध लगाएको हो ।
अभियानमा वाईसीएल नेपाल भक्तपुर र काठमाडौँको सहकार्य रहेको अध्यक्ष पुष्प ओलीले जानकारी दिए । वर्षाको समयमा मनोहरा सुकुम्वासी बस्तीमा बाढी पसेर जनताले सास्ती पाएकाले डुवान रोक्न अस्थायी तटबन्ध लगाउने काम भइरहेको ओलीले बताए । कार्यक्रममा सहभागी हुँदै माओवादीका उपमहासचिव तथा युवा संगठनका संयोजक शक्ति बस्नेतले जनतासँग सम्बन्ध र सहकार्यलाई बलियो बनाउने अभियान जारी राखेकाले त्यसै अभियान अन्तर्गत नै वाईसीएल नेपालले श्रम र उत्पादनमा जोड्ने काम गरिरहेको बताए ।
‘पछिल्लो समय पार्टीले जनता केन्द्रित अभियान अन्तर्गत सम्बन्ध र सहकार्य बलियो बनाउने गरी जागरण अभियान चलाइरहेको छ । त्यही अभियान अन्तर्गत वाईसीएल नेपाल श्रम र उत्पादनमा जोडिने काम गरिरहेको छ । देशव्यापी रूपमा श्रम र उत्पादनसम्बन्धी अभियान चलिराखेको छ । त्यसकै एक हिस्सा हो यो’, उनले भने ।
श्रम र उत्पादन अभियानमा भक्तपुर र काठमाडौँको पार्टी पङ्क्तिसमेत जोडिएको उनले बताए । वाईसीएलले साउन १ गतेदेखि देशभर श्रम र उत्पादन अभियान सञ्चालन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भव्य देखियो नयाँ संसद् भवन, सम्पन्न मिति अझै अनिश्चित (तस्बिरहरु)
-
हप्ताको दुई दिन बिदाको प्रभावः पर्यटकीय गन्तव्यमा थप चलायमान
-
बारामा छतमा पिसाब फेर्ने क्रममा लडेर एकजनाको मृत्यु
-
बक्स अफिसमा जेठका ६ फिल्म: साढे ३ करोडको व्यवसाय, सवा लाख दर्शक
-
प्रचण्ड गर्मीमा पङ्खाविहीन कक्षा, विद्यार्थीको पढाइ प्रभावित
-
२–२ गोलको बराबरीमा रोकिए इरान र न्युजिल्यान्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण