विद्याबारे स्पष्ट राजनीतिक निर्णय गर्नुपर्ने अधिकांश केन्द्रीय सदस्यहरूको सुझाव
काठमाडौँ । नेकपा (एमाले)को नवौँ केन्द्रीय कमिटी बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका विषयमा स्पष्ट राजनीतिक निर्णय गर्नुपर्नेमा अधिकांश सदस्यहरूले सुझाव दिएका छन् ।
पार्टी कार्यालय च्यासलमा जारी केन्द्रीय कमिटी बैठकमा धारणा राख्ने सदस्यहरूले राष्ट्राध्यक्ष भैसकेको व्यक्ति कुनै दलमा आउने की नआउने भन्ने विषय पार्टीको मात्रै विषय नभई महत्त्वपूर्ण राजनीतिक विषय भएकाले स्पष्ट राजनीतिक निर्णय गर्नुपर्नेमा अधिकांश सदस्यहरूले सुझाव दिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका हुन् ।
यसले भोलि जनतामा, प्रणालीमा, व्यवस्थामा के प्रभाव र संविधानको भावनामा कस्तो नजिर र अभ्यास हुन्छ भन्ने विषयमा पार्टीले स्पष्ट एउटा स्पष्ट राजनीतिक निर्णय गर्नुपर्छ भन्ने मत अधिकांश केन्द्रीय सदस्यको मत रहेको उनले बताए ।
गौतमले केन्द्रीय कमिटी बैठकबाट यो विषयमा महत्त्वपूर्ण निर्णय लिने पनि जानकारी दिए । त्यस्तै बैठकमा मातहतका कमिटीहरू मुख्य गरेर निर्वाचन क्षेत्रीय समन्वय कमिटी र प्रदेश निर्वाचन क्षेत्रीय कमिटी समन्वय कमिटीहरूलाई संविधान अनुकूल कार्यकारी कमिटी बनाउनुपर्छ भन्ने कुरालाई जोडका साथ उठाइएको गौतमले बताए ।
त्यस्तै उनले बैठकमा सरकारको प्रभावकारिता, मूल्य वृद्धिलगायतका विषयमा पनि केन्द्रीय सदस्यहरूले कुरा उठाएको जानकारी दिए । नवौँ केन्द्रीय कमिटी बैठक मंगलबार नै सम्पन्न हुने गौतमले जानकारी दिनुभयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिणी थाइल्यान्डमा सुरक्षा चौकीमाथि आक्रमण, ५ जना सैनिकको मृत्यु
-
छुट्टाछुट्टै दुर्घटनामा चार जनाले गुमाए ज्यान
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण