शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

बिमा प्राधिकरणका सञ्चालक राधा पोखरेलले दिइन् राजीनामा

बुधबार, ०७ साउन २०८२, १३ : ५६
बुधबार, ०७ साउन २०८२

सारांश

  • राधा पोखरेलले बिमा प्राधिकरणको सञ्चालक पदबाट राजीनामा दिएकी छिन्।
  • उनले स्वास्थ्य र पारिवारिक कारणले राजीनामा दिएको बताइन्।
  • राजीनामा स्वीकृत भएसँगै प्राधिकरण सञ्चालक समिति तीन सदस्यमा सीमित भएको छ।

काठमाडौँ । बिमा प्राधिकरणका सञ्चालक राधा पोखरेलले राजीनामा दिएकी छिन् । सोमबार उनले अर्थमन्त्री विष्णु पौडेलसमक्ष राजीनामा बुझाएकी हुन् । मन्त्रालयले उनको राजीनामा स्वीकृत समेत गरिसकेको छ । 

अहिले प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझाको शैक्षिक योग्यतामाथि छानबिन भइरहेको समयमा ओझापछि नियुक्त भएकी पोखरेलले राजीनामा दिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । पोखरेल चैत १ गते बिमा प्राधिकरणको सञ्चालक नियुक्त भएकी थिइन् ।

तर, पोखरेलले भने आफ्नो पारिवारिक र व्यक्तिगत स्वास्थ्यको कारणले राजीनामा दिएको बताइन् । ‘म प्रेगनेन्ट भएँ, स्वास्थ्यको कारणले बेडरेस्ट गर्नुपर्‍यो, समय दिन नसक्ने भएपछि किन पद ओगट्नु भनेर पहिले नै राजीनामा दिन्छु भन्दै आएको थिएँ, अब चाहिँ सक्दै नसक्ने भएँ भनेर राजीनामा दिएको हुँ’ उनले भनिन् ।

उनको राजीनामासँगै प्राधिकरण सञ्चालक समिति तीन सदस्यमा सीमित भएको छ । अध्यक्ष सेबन्तक पोखरेल बाहेक अहिले प्राधिकरणमा कानुन मन्त्रालयबाट मानबहादुर अर्याल र बीमितबाट सन्तोष रिजाल मात्रै सदस्य रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप