शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

तराई–मधेसमा सम्पूर्ण शक्ति प्रयोग गरेर खानेपानी र सिँचाइ उपलब्ध गराइन्छ : प्रधानमन्त्री

बुधबार, ०७ साउन २०८२, १८ : ००
बुधबार, ०७ साउन २०८२

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले तराई-मधेसमा खानेपानी र सिँचाइको अभाव हुन नदिने प्रतिबद्धता जनाएका छन्।
  • मन्त्रीपरिषद्को बैठकबाट मधेस प्रदेशलाई प्राकृतिक विपद्ग्रस्त घोषणा गरिएको जानकारी गराए।
  • उनले तराई-मधेसको समस्या समाधानका लागि अल्पकालीन र दीर्घकालीन उपाय खोजिने बताए।

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई–मधेसमा खानेपानी र सिँचाइको अभाव हुन नदिन युद्धस्तरमा काम गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को आजकै बैठकबाट मधेस प्रदेशलाई प्राकृतिक विपद्ग्रस्त घोषणा गरिएको जानकारी दिँदै सम्पूर्ण शक्ति प्रयोग गरेर खानेपानी र सिँचाइ उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

‘यो सरकार राष्ट्रका सामु देखापरेका चुनौतीहरूको सामना गर्न लागेको छ । स्थिरता र स्थायित्वलाई कायम गरेर अघि बढ्ने हाम्रो सङ्कल्प रहेको छ । अहिले पहाडमा वर्षा र बाढीको प्रभाव छ भने तराई–मधेस सुक्खा समस्याले ग्रस्त छ ।

यी समस्या समाधानका लागि सरकारले आवश्यक कदमहरू चालेको छ’, प्रधानमन्त्री ओलीले भने- ‘प्राकृतिक विपद्ग्रस्त घोषणापछि तराई–मधेसमा कुनै सामग्री आवश्यक परेमा वा ‘डिपबोरिङ’ गर्नुपरेमा सहज हुनेछ । यसतर्फ सरकार गम्भीर छ । अब अल्पकालीन र दीर्घकालीन उपाय खोजेर समस्या समाधानतर्फ लाग्नुपर्नेछ । यससम्बन्धी गर्नुपर्ने काममा सरकारले कुनै कसुर बाँकी राख्ने छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप