स्वदेशी जनशक्ति उत्पादन गरेर मात्रै हवाई सेवालाई थप व्यवस्थित गर्न सकिन्छ : हितराज पाण्डे
सारांश
- माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले स्वदेशी जनशक्ति उत्पादनको कुरा उठाए।
- उनले हवाई सेवालाई व्यवस्थित बनाउन जनशक्ति उत्पादन र प्रशिक्षण आवश्यक रहेको बताए।
- पाण्डेले मन्त्रीकै नेतृत्वमा हवाई सेवा प्राधिकरण बनाउनुपर्ने प्रस्ताव राखे।
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले स्वदेशी जनशक्ति उत्पादन गरेर मात्रै हवाई सेवालाई थप व्यवस्थित गर्न सकिने बताएका छन् । बिहीबारको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । समितिमा बिहीबार नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथिको छलफल भएको हो ।
छलफलका क्रममा उनले जनशक्ति उत्पादन र प्रशिक्षण गरेर मात्रै हवाई सेवा प्रभावकारी बनाउन सकिने बताए । उनले प्रशिक्षण गरेर जनशक्ति उत्पादन गर्दा नेपालकै जनशक्ति उत्पादन गर्नु आवश्यक रहेको बताए । जनशक्तिमा परनिर्भर हुनुपर्ने बाध्यता अब हटाउनुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘जनशक्ति उत्पादन र प्रशिक्षण गरी बल्ल हवाई सेवालाई प्रभावकारी भन्दा राम्रो हुन्छ । प्रशिक्षण गरेर जनशक्ति उत्पादन गर्ने हो । तर यसमा आफ्नो देशको जनशक्ति उत्पादन होस् । यो कुरा प्रस्तावनामा नै केन्द्रित होस् । समग्र विधेयकमा यो कुरा आओस् । हामी जनशक्ति उत्पादनमा परनिर्भर हुने विषयवस्तु छ । आफ्नो जनशक्ति बनाउनुपर्छ ।’
प्रमुख सचेतक पाण्डेले मन्त्रीकै नेतृत्वमा हवाई सेवा प्राधिकरण बन्दा थप व्यवस्थित र प्रभावकारी हुने प्रस्ताव राखे । -न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण