नेताको भोट बढाउनका निम्ति विमानस्थलहरू बन्नुहुँदैन: सचिव भट्टराई
सारांश
- एमालेका सांसद योगेश भट्टराईले नेताको भोट बढाउन विमानस्थल बनाउन नहुने बताए।
- उनले नेपालमा ५५ विमानस्थल भए पनि ३२ वटा मात्रै सञ्चालनमा रहेको जानकारी दिए।
- भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई प्राथमिकता दिनुपर्ने बताए।
काठमाडौँ । नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले कुनै नेताको भोट बढाउनका निम्ति अब विमानस्थलहरू बन्नु नहुने बताएका छन् । आज बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग छलफलका क्रममा उनले नेपालमा ५५ वटा विमानस्थलहरू रहेको र त्यसमध्ये सञ्चालनमा ३२ वटा मात्रै रहेको बताए । उनले सरकारको नीति तथा कार्यक्रममा अहिले पनि विमानस्थल थप्ने कुरा ल्याउनु उचित नरहेको बताए ।
विमानस्थल थप्ने कुरा फेसन भएकाले राजनीतिक दबाबमा विमानस्थल थप्न नहुने र भएकालाई व्यवस्थित बनाइ विस्तार गर्न जरुरी रहेको उनले बताए । निजगढ अन्तर्राष्ट्रिय एयरपोर्टमात्रै अबको प्राथमिकतामा पर्नुपर्ने उनले बताए।
१९४९ मा पहिलो पटक नेपालमा हवाई सेवा सुरु भएको थियो । त्यसपछि हालसम्म १०८ वटा दुर्घटना भएका छन् । जसबाट ९५९ जनाको ज्यान गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण