सुदूरपश्चिमका तीन स्थानीय तहमा साउन ११ गते सार्वजनिक बिदा
शुक्रबार, ०९ साउन २०८२, १७ : १८
कैलाली । राना थारू समुदायले मनाउने तीज पर्वको अवसरमा सुदूरपश्चिमका तीन स्थानीय तहले साउन ११ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।
कैलालीको धनगढी उप–महानगरपालिका, गोदावरी नगरपालिका र कञ्चनपुरको पुनर्वास नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । रानाथारु समुदायको बसोबास सुदूरपश्चिममा मात्रै रहेको छ। यो समुदायका महिलाले आफ्ना भाइहरूको आयु बढाउन तीज पर्वमा व्रत बस्छन् ।
पहिला पहिला यो पर्व एक महिना नै मनाउने चलन थियो। अहिले भने कम्तीमा एक साता मनाउँछन्। पर्वमा साउने डोला पिङ खेल्ने चलन छ । अहिले विभिन्न ठाउँमा तिजको रौनक चलेको छ। यही पर्वको अवसरमा विभिन्न ठाउँमा कार्यक्रम पनि भइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
-
आगामी आर्थिक वर्षको बजेट ल्याउँदै लुम्बिनी सरकार : उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने
-
बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण