नेपाली कम्युनिष्ट आन्दोलनमा कर्माचार्यको योगदान अतुलनीय : प्रचण्ड
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपाका संस्थापक नेता नरबहादुर कर्माचार्य नेपाली कम्युनिष्ट आन्दोलनको प्रतिक रहेको बताएका छन् ।
स्वर्गीय नेता कर्माचार्यको स्मृति दिवसमा शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले नेता कर्माचार्यलाई सरलता, सज्जनता र सही विचारप्रति अविचलित प्रतिबद्धता राख्ने नेता वर्णन गरे ।
अध्यक्ष दाहालले २०४६ सालको जनआन्दोलनपछि माओवादी विचारधारा मान्ने शक्तिहरू एकताबद्ध भएको स्मरण गर्दै अध्यक्ष दाहालले त्यही समय उहाँसँग सहकार्य गर्ने मौका पाएको बताए ।
अध्यक्ष दाहालले स्वर्गीय नेता कर्माचार्यको योगदानको स्मरण गर्दै आफूले सधैँ आफ्नो अभिभावकको रूपमा सम्झिने गरेको बताए ।उनले कर्माचार्यको वैचारिक दृढता नेपाली कम्युनिष्ट आन्दोलनका लागि प्रेरणाको स्रोत भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ : एम्बाप्पे चम्किँदा स्वीडेनमाथि फ्रान्सको सानदार जित
-
गण्डकीमा गौरवका आयोजना निर्माणमा ढिलाइ
-
बागलुङमा कुकुरलाई ‘होस्टेल’
-
पहिलो हाफ सकिँदा कमजोर देखियो स्वीडेन, एम्बाप्पेले गरे गोल
-
प्रत्येक ७२ मिनेटमा एक गोल, ६० गोलको नयाँ कीर्तिमान
-
बार्सिलोनाबाट अन्सु फातीको स्थायी बिदाइः ११ मिलियन युरोमा मोनाकोमा अनुबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण