गाजामा विश्वकै ‘सबैभन्दा’ खराब मानवीय अवस्था छ : अस्ट्रेलियाली प्रधानमन्त्री
सारांश
- अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले गाजाको मानवीय अवस्थालाई विनाशको रूपमा वर्णन गरे।
- उनले इजरायललाई सहायताको अवरोध रोक्न र अन्तर्राष्ट्रिय कानूनको पालना गर्न आह्वान गरे।
- अस्ट्रेलियाले गाजामा युद्धविरामका लागि अन्तर्राष्ट्रिय प्रयासलाई समर्थन जनाएको छ।
क्यानबेरा । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले गाजाको मानवीय अवस्थालाई खराव र विनाशको रूपमा वर्णन गर्दै इजरायललाई यस क्षेत्रमा सहायताको अवरोध तुरुन्तै रोक्न आह्वान गरेका छन् ।
शुक्रबार एक विज्ञप्तिमा अल्बानिजले गाजाको अवस्था विश्वको ‘सबैभन्दा’ खराब भएको बताएका हुन् ।
‘गाजा मानवीय विपत्तिको चपेटामा रहेको अवस्थामा इजरायलले सहयोग गर्न अस्वीकार गरेपनि पानी र खानाको पहुँच खोज्ने बालबालिका लगायत नागरिकहरूको हत्याको रक्षा गर्न वा बेवास्ता गर्न नसकिने उनले बताए ।
उनले इजरायललाई अन्तर्राष्ट्रिय कानून अन्तर्गत आफ्ना दायित्वहरूको पालना गर्न आह्वान गदै संयुक्त राष्ट्रसङ्घ (यूएन) र गैरसरकारी संस्थाहरूलाई आफ्नो जीवन बचाउने काम गर्न अनुमति दिन र प्यालेस्टिनीको जबरजस्ती विस्थापनको प्रस्ताव त्याग्न आग्रह गरेका छन् ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले सेप्टेम्बरमा संयुक्त राष्ट्र महासभामा फ्रान्सले प्यालेस्टिनी राज्यलाई औपचारिक रूपमा मान्यता दिने घोषणा गरेको केही घण्टापछि उक्त विज्ञप्ति जारी गरिएको हो ।
उनले अष्ट्रेलियाले युद्धविरामलाई सहज बनाउनका लागि सबै अन्तर्राष्ट्रिय प्रयासहरूलाई समर्थन जारी राखेको छ र इजरायली र प्यालेस्टिनी जनता ‘अन्तर्राष्ट्रिय मान्यता प्राप्त सीमा’ भित्र शान्ति र सुरक्षामा बस्न सक्ने भविष्यका लागि प्रतिबद्ध रहेको बताएका छन् ।
निर्दोषको जीवन रक्षा गरी गाजाका जनताको पीडा र भोकमरी अन्त्य गर्न अहिले सबै प्रयासहरू गरिनु पर्ने उनले बताएका छन् । अस्ट्रेलियाले सोमबार फ्रान्ससहित २७ अन्य देशहरूसँग मिलेर गाजामा युद्धको तत्काल अन्त्यका लागि आह्वान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण