यी जिल्लाका अति प्रभावित १० पालिकामा ६० दिने आपत्कालीन कार्यक्रम सञ्चालन गरिने
सारांश
- सरकारले मधेस प्रदेशलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेपछि ६० दिने आपत्कालीन कार्यक्रम सुरु हुने भएको छ।
- यो कार्यक्रम राष्ट्रिय विपद् प्राधिकरण र बेलायत सरकारको सहयोगमा पर्सा लगायतका जिल्लाहरूमा सञ्चालन हुनेछ।
- कार्यक्रमले खानेपानी ढुवानी, गहिरा बोरहोल निर्माण, र कृषिमा सहयोग पुर्याउनेछ, जसका लागि २ करोड ६० लाख बजेट छ।
काठमाडौँ। । नेपाल सरकारले यही साउन ७ गते मधेस प्रदेशलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेपछि सो निर्णयको कार्यान्वयन स्वरूप अति प्रभावित जिल्लाहरूमा ६० दिने आपत्कालीन कार्यक्रम सञ्चालन गरिने भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा र बेलायत सरकारअन्तर्गत सञ्चालित ‘स्टार्ट फन्ड नेपाल’ परियोजना कार्यान्वयनमा ल्याइने भएको हो।
उक्त परियोजनाले पर्सा, बारा, रौतहट, सर्लाही, सिराहा र सप्तरी जिल्लाका अति प्रभावित १० स्थानीय तहमा सञ्चालन गरिनेछ। कार्यक्रमका लागि कुल २ करोड ६० लाख ३३ हजार ४७६ रुपैयाँ बजेट विनियोजन गरिएको प्राधिकरणले जनाएको छ ।
कार्यक्रमअन्तर्गत तात्कालिक रूपमा जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारसँगको समन्वयमा आपत्कालीन गुणस्तरीय खानेपानी ढुवानी सेवा सुरु गरिनेछ। मध्यम अवधिमा रणनीतिक स्थानहरूमा गहिरा बोरहोल निर्माणको सम्भाव्यता अध्ययन गरिने र यस कार्यमा प्राविधिक निकायको नेतृत्वमा निष्पक्ष वितरण सुनिश्चित गरिनेछ।
त्यसै गरी, जीविकोपार्जन पुनः स्थापनाका लागि कृषिमा परेको असर न्यूनीकरण गर्न कृषक र कृषि मजदुरहरूलाई लक्षित गर्दै ‘क्यास फर वर्क’ कार्यक्रम सञ्चालन गरिनेछ। सिँचाइ तथा पानी आपूर्तिको पूर्वाधार पुनः स्थापना गरिनुका साथै प्राविधिक साझेदारको सहयोगमा वैकल्पिक बालीको प्रवर्द्धन पनि गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण