अपडेट
रसुवागढी नाका खुलाउन चीनले भोलिदेखि बेलिब्रिज बनाउन सुरु गर्ने
आइतबार, ११ साउन २०८२, ०८ : ५८
सारांश
- रसुवागढीस्थित मितेरी पुलको ठाउँमा अस्थायी बेलिब्रिज निर्माण कार्य भोलिबाट सुरु हुने भएको छ।
- गत असार २४ गतेको बाढीले मितेरी पुल बगाएपछि नेपाल–चीन सडक सम्पर्क अवरुद्ध भएको थियो।
- चिनियाँ पक्षले नेपाल सरकारसँगको समन्वयमा पुल निर्माण थाल्ने जानकारी दिएको हो।
रसुवा । गत महिना बाढीले बगाएको रसुवागढीस्थित मितेरी पुलको ठाउँमा अस्थायी बेलिब्रिज निर्माण कार्य चिनियाँ पक्षले भोलि (साउन ११ गते) बाट सुरु गर्ने भएको छ। यो निर्माणसँगै अवरुद्ध नेपाल–चीन सडक सम्पर्क पुनः सुचारु हुने अपेक्षा गरिएको छ।
गत असार २४ गते भोटेकोशी नदीमा आएको बाढीले मितेरी पुल पूर्ण रूपमा बगाएपछि रसुवागढी नाका ठप्प भएको थियो। आज रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल नेतृत्वको टोलीले निर्माणस्थलको अवलोकन गरेलगत्तै चिनियाँ समकक्षीसँग भर्चुअल बैठक भएको थियो।
सोही बैठकमा चिनियाँ पक्षले नेपाल सरकारसँगको समन्वयमा भोलिदेखि निर्माण थाल्ने जानकारी दिएको हो।
जिल्ला प्रशासन कार्यालय रसुवाले पुल निर्माणका लागि आवश्यक सबै सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण