विदेश पठाउँछौँ भन्दै ठगेको आरोपमा ४ जना पक्राउ
मङ्गलबार, १३ साउन २०८२, १९ : ५३
काठमाडौँ । वैदेशिक रोजगारीमा पठाउँछौँ भन्दै ठगेको आरोपमा प्रहरीले काठमाडौँबाट ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–४ घर भएका ३५ वर्षीय सुजन बिक, सर्लाहीको चक्रघट्टा घर भएका ३४ वर्षीय सतेन्द्र अधिकारी, सोलुखुम्बु घर भएका २६ वर्षीय नविन खड्का र सर्लाहीको विष्णु गाउँपालिका–७ घर भएका ४१ वर्षीय राज नारायण महतो छन् ।
सुजन बिकले जापान पठाउँछु भनेर ८ लाख ५० हजार ठगेको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अङ्गुर जिसीले रातोपाटीलाई बताए । सतेन्द्र अधिकारीले ९० हजार र नविन खड्काले ३ लाख ठगी गरेको आरोप छ । कुवेत पठाउँछु भनेर राज नारायण महतोले २ लाख ५० हजार ठगेको भेटिएको छ ।
आरोपीहरूलाई थप अनुसन्धान र कारवाहीका लागी वैदेशिक रोजगार विभाग, ताहाचलमा पठाइएको एसपी जिसीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इराकका सहरहरुमा खामेनीप्रति श्रद्धाञ्जली, अन्त्येष्टि यात्रामा हजारौँ सहभागी
-
ट्रम्पको चेतावनीः आवश्यक परे आज राति फेरि इरानमा कडा आक्रमण हुन सक्छ
-
राहदानी सेवा दुई दिन बन्द हुने
-
‘विगतमा मौद्रिक नीतिले बाटो बिराएको थियो, अहिले सही ट्रयाकमा फर्कियो’
-
बल्खु क्षेत्रमा यात्रुलाई जबरजस्ती गाडीमा हाल्ने १७ जना पक्राउ
-
विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरूद्ध उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण