सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

धनगढीको मोहना नदी किनारमा बालकको शव फेला

मङ्गलबार, १३ साउन २०८२, २१ : ०४
मङ्गलबार, १३ साउन २०८२

 कैलाली । कैलालीको धनगढीस्थित मोहना नदी किनारमा अन्दाजी ९ वर्षीय बालकको सडेको अवस्था शव फेला परेको छ ।

मंगलबार धनगढी उपमहानगरपालिका १३ प्रादेशिक आयुर्वेद अस्पतालको पछाडि मोहना नदीको किनारमा बालकको शव फेला परेको हो । शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

शवको पहिचान भएको छैन । शव पहिचान र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक राजकुमार सिंहले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप