राष्ट्रिय सभामा प्रधानमन्त्री
नेपाल २०८३ मा अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुन्छ : प्रधानमन्त्री
बुधबार, १४ साउन २०८२, १५ : ५९
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल २०८३ मंसिरसम्म अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हने बताएका छन् । उनले बुधबारकाे राष्ट्रिय सभा बैठकमा बाेल्दै यस्ताे बताएका हुन् ।
उनले अहिलेसम्म सन् २०१५,२०१८ र २०२१ मा गरी ३ पटक मूल्याङ्कन भएको भन्दै यी नै मूल्याङ्कनको आधारमा आगामी २०८३ साल मङ्सिरमा अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने बताए ।
प्रधानमन्त्री ओलीले स्तरोन्नतिको प्रक्रियामा नेपालले धेरै काम गरेकोमा राष्ट्रिय सभाको आर्थिक मामिला समितिको प्रशंसा गरे ।
अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुनु स्थानान्तरण नभई रूपान्तरण भएको समेत उनकाे भनाइ छ। उनले नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुन अरूले नभई सरकारको प्रयासमा काम भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण