रोकियो नवनियुक्त ३ मन्त्रीको शपथ, बिहीबार दिउँसो १ बजे गर्ने
सारांश
- बागमती प्रदेशमा नवनियुक्त ३ मन्त्रीको शपथ ग्रहण एमालेको आपत्तिका कारण रोकियो।
- मुख्यमन्त्रीले ५ मन्त्रालयमध्ये ३ मन्त्री नियुक्तिका लागि सिफारिस गरेका थिए, जसमा माया श्रेष्ठ, गीता गुरुङ र गोविन्द लम्साल थिए।
- कांग्रेसको आन्तरिक विवाद र संसदीय दलको नेता चयनको प्रक्रियाका कारण एमालेले शपथ ग्रहण तत्काल रोक्न सुझाव दिएको थियो।
हेटौँडा । बागमती प्रदेशका नवनियुक्त ३ मन्त्रीहरूको शपथ ग्रहण रोकिएको छ । सत्ता साझेदार दल एमालेको अब्जेक्सन पछि कांग्रेसका नवनियुक्त ३ मन्त्रीको शपथ ग्रहण रोकिएको हो ।
मुख्यमन्त्री बहादुरसिंह लामाले रिक्त ५ मन्त्रालय मध्ये ३ वटामा मन्त्री नियुक्त गरी बुधबार बिहान ९ बजेका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेका थिए । उनको सिफारिस अनुसार चितवनकी माया श्रेष्ठ, गीता गुरुङ रहेका थिए भने धादिङका गोविन्द लम्साललाई पनि मन्त्री बनाएका थिए ।
मुख्यमन्त्री लामाले मन्त्री नियुक्त गरेका लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालय र गुरुङलाई सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिने निर्णयसहित प्रदेश प्रमुखसमक्ष पत्राचार गरेका छन् ।
कांग्रेसको आन्तरिक विवाद उच्च भइरहेको र संसदीय दलको नेताका लागि मतदान प्रक्रिया जारी रहेकाले एमालेले तत्काल मन्त्री नियुक्ति तथा शपथको कार्यक्रम अघि नबढाउन सुझाव दिएको थियो । मुख्यमन्त्री लामाले मन्त्रीहरूको शपथ सञ्चालन गर्न दबाब बढाए पनि एमालेले विवाद थप बढ्ने भन्दै सो कार्यमा सहमति नजनाउँदा कार्यक्रम रोकिएको हो ।
मन्त्रीको नियुक्तिको पत्रसहित प्रदेश प्रमुख कार्यालय पुगेका मुख्यमन्त्री लामालाई तत्काल उक्त काम नगर्न एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले रोकेका थिए । सोही अनुसार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संसदीय दलको नेता चयनको प्रक्रिया प्रभावित हुने भन्दै शपथ ग्रहण कार्यक्रम सार्न प्रस्ताव गरेका थिए ।
उनले बिहीबार दिउँसो १ बजेका लागि मन्त्रीहरूको शपथ राख्न आग्रह गरेका थिए । सोही अनुसार मुख्यमन्त्री लामाले नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण रोक्न बाध्य भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘उनीहरू युद्ध गर्न होइन, पढ्न गएका थिए’
-
सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण