काठमाडौँमा भारतीय नागरिकको हत्या, एक जना पक्राउ
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर–१२ स्थित नरदेवीमा भारतको पश्चिम बंगालका नागरिकको हत्या भएको छ । बुधबार बिहान ३ बजेतिर ५५ वर्षीय सुब्रत पालको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
मृतक नरदेवीमा सुनका गहना बनाउन काम गर्थे । हत्यामा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर–२ घर भएका ४२ वर्षीय श्याम कालिकोटे छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौँ परिसरको संयुक्त टोलीले आरोपीलाई गोङ्गबुबाट पक्राउ गरेको हो । आरोपीले फलामले टाउकोमा प्रहार गरेर हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
नरदेवीमा फ्ल्याट लिएर बस्दै आएका पश्चिम बंगाल नागरिकका सहयोगीले उनी मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनाबारे प्रहरी वृत्त जनसेवाले अनुसन्धान गरिरहेको छ ।
यसअघिकाे समाचारमा पश्चिम बंगाल हुनुपर्नेमा अन्यथा भएकाेले सच्याइएकाे छ । सं
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इराकका सहरहरुमा खामेनीप्रति श्रद्धाञ्जली, अन्त्येष्टि यात्रामा हजारौँ सहभागी
-
ट्रम्पको चेतावनीः आवश्यक परे आज राति फेरि इरानमा कडा आक्रमण हुन सक्छ
-
राहदानी सेवा दुई दिन बन्द हुने
-
‘विगतमा मौद्रिक नीतिले बाटो बिराएको थियो, अहिले सही ट्रयाकमा फर्कियो’
-
बल्खु क्षेत्रमा यात्रुलाई जबरजस्ती गाडीमा हाल्ने १७ जना पक्राउ
-
विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरूद्ध उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण