रुससँग भारतले के गर्छ मलाई वास्ता छैन : ट्रम्प
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले भारत र रुसको सम्बन्धबारे प्रतिक्रिया दिएका छन्।
- ट्रम्पले भारतले रुससँगको सम्बन्ध कायम राखेमा वास्ता नगर्ने बताएका छन्।
- ट्रम्पले रुसबाट हतियार र तेल खरिद गर्दा भारतमाथि थप आयात शुल्क लगाउनेबारे पनि कुरा गरे।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार रुससँग भारतको सम्बन्धबारे प्रतिक्रिया दिएका छन् । ‘भारतले रुससँग के गर्छ भन्ने मलाई कुनै मतलब छैन’ ट्रम्पले भनेका छन् । यसअघि ट्रम्पले बुधबार अगस्ट १ देखि भारतबाट अमेरिका आउने सबै सामानहरूमा २५ प्रतिशत कर लगाइने घोषणा गरेका थिए । साथै उनले रुसबाट हतियार र तेल खरिद गर्दा भारतविरुद्ध थप आयात शुल्क लगाउने बारेमा पनि कुरा गरेका थिए ।
‘भारतले रुससँग के गर्छ मलाई मतलब छैन । यदि तिनीहरू बर्बाद हुँदै गइरहेको आफ्नो अर्थतन्त्रलाई एकसाथ डुबाउन चाहन्छन् भने डुबाउन मलाई कुनै मतलब छैन’ ट्रम्पले बिहीबार सामाजिक सञ्जाल प्लेटफर्म टुथ सोसलमा लेखेका थिए ।
पोस्टमा उनले पूर्वरुसी राष्ट्रपति मेदवेदेवलाई ट्रम्पले असफल राष्ट्रपतिको संज्ञा दिए । मेदवेदेवले अझै पनि आफूलाई राष्ट्रपति नै ठान्ने भन्दै ट्रम्पले ‘आफ्ना शब्दमा ध्यान देऊ’ भनेर कसैले उनलाई भन्नुपर्ने पनि बताए । उनले निकै खतरनाक जमिनमाथि कदम राखिरहेको चेतावनी पनि ट्रम्पले दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा सिंह नियुक्त
-
हर्मुजमा अमेरिकी भूमिकाप्रति इरानको आपत्ति
-
कर्णालीको लोकप्रिय ‘बैंक खाता छोरीको’ कार्यक्रम हटाइएपछि महिला सांसद आक्रोशित
-
छाया कम्प्लेक्स सम्बन्धित बहस : निजी क्षेत्र हतोत्साही
-
एम्पायर स्टेट बिल्डिङको चुचुरोमा विवाह प्रस्ताव गर्ने रुसी जोडी पक्राउ
-
संसद् भवनमा इन्टरनेट बिग्रिँदा प्रतिनिधिसभाको लाइभ प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण