११७ किलोमिटर साइकललेनले जोड्नेछ पोखराका सबै ताल
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नगरका तालहरूलाई जोड्ने गरी ‘लेक टु लेक’ साइकल ट्र्याक निर्माणको गुरुयोजना तयार पारेको छ ।
एसियाली विकास बैङ्क (एडिबी) को करिब १ अर्ब रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको यो ट्र्याक १ सय १७ किलोमिटर लामो हुनेछ ।
यसले पोखरालाई साइकल प्रेमीहरूका लागि विश्वकै एक उत्कृष्ट गन्तव्य बनाउने दाबी गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यो साइकल ट्र्याक पोखराको पर्यटन विकासमा कोसेढुङ्गा साबित हुने बताए ।
‘यसले संसारभरीका साइकल प्रेमीहरूलाई पोखरामा आकर्षण गर्नेछ,’ उनले भने, ‘पर्यटकहरूलाई हिमाल हेर्दै तालको किनारमा गरिने साइक्लिङको आनन्द प्रदान गर्नेछ ।’
यो परियोजनाले पोखराको दिगो पर्यटन विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने उनले सुनाए । एडिबीको आर्थिक सहयोगमा सञ्चालन हुने यस परियोजनाको गुरुयोजना तयार भइसकेको छ ।
एडिबी मिसन र अन्य सरोकारवालाहरूसँग साइकल ट्र्याकबारे छलफल गरिएको छ । एडिबी मिसनले प्रस्तावित ट्र्याकको स्थलगत अवलोकन समेत गरिसकेको आयोजना व्यवस्थापक कविता पौडेलले जानकारी दिइन् ।
गुरुयोजना अनुसार पोखराका तालहरूलाई भित्री र बाहिरी गरी दुई वटा प्रमुख रुटहरूका साथै विभिन्न कनेक्टिङ रुटहरूमार्फत जोडिनेछ । यसअघि पनि महानगरपालिकाले विभिन्न चरणमा यसको तयारी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्यसँग जवाफ माग्न पुगेका युवालाई निर्ममतापूर्वक कुट्नु लज्जास्पदः गगन थापा
-
विवेक मण्डल भेन्टिलेटरमा, अवस्था गम्भीर
-
अनुहारमा चोट लागेका माजिद अन्सारीलाई थप उपचारका लागि शिक्षण अस्पताल लगियो
-
उपाधि दाबेदार इंग्ल्याण्डलाई रोक्न सक्ला त ‘डार्क हर्स’ नर्वेले ?
-
गणेश नेपालीको आत्मदाह राज्यसंरक्षित हत्या होः समाजवादी कम्युनिस्ट पार्टी
-
एमएस्सी गरेका विवेकले किन रोजे गलत बाटो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण