बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
आजकाे राशिफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

शनिबार, १७ साउन २०८२, ०५ : २२
शनिबार, १७ साउन २०८२

आजको पञ्चाङ्ग

वि.सं.२०८२ साल साउन १७ गते । शनिबार । ईश्वी सन् २०२५ अगष्ट २ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । वर्षा ऋतु । श्रीशाके १९४७ । श्रावण शुक्लपक्ष । तिथि–अष्टमी, १ घडी २२ पला, बिहान ६ बजेर १ मिनेट उप्रान्त नवमी । नक्षत्र–विशाखा, अहोरात्र । योग–शुभ, २ घडी २८ पला, बिहान ६ बजेर २७ मिनेट उप्रान्त शुक्ल । करण– बव, बिहान  ६ बजेर १ मिनेट उप्रान्त बालव, बेलुकी ७ बजेर २ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–शुभ योग । चन्द्रराशि–तुला, बेलुकी ११ बजेर३३ मिनेट उप्रान्त वृश्चिक 

काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर २८ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ५० मिनेट । दिनमान ३३ घडी २७ पला ।  

आजको बार बेला ।  

बिहान ५ बजेर २८ मिनेटसम्म काल बेला ।

बिहान ५ बजेर २९ मिनेटदेखि बिहान ७ बजेर ८ मिनेटसम्म शुभ बेला ।

बिहान ७ बजेर ९ मिनेटदेखि बिहान ८ बजेर ४९ मिनेटसम्म रोग बेला ।

बिहान ८ बजेर ५० मिनेटदेखि बिहान १० बजेर २९ मिनेटसम्म उद्धेग बेला ।

बिहान १० बजेर ३० मिनेटदेखि बिहान १२ बजेर ९ मिनेटसम्म चर बेला ।

मध्यान्ह १२ बजेर १० मिनेटदेखि दिउसो १ बजेर ५० मिनेटसम्म लाभ बेला ।

दिउसो १ बजेर ५१ मिनेटदेखि दिउसो ३ बजेर ३० मिनेटसम्म अमृत बेला ।

दिउसो ३  बजेर ३१ मिनेटदेखि बेलुकी ५ बजेर १० मिनेटसम्म काल बेला ।

बेलुकी ५ बजेर ११ मिनेटदेखि बेलुकी ८ बजेर १० मिनेटसम्म शुभ बेला ।

नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

 

राहुकाल

बिहान ८ बजेर ४८ मिनेटदेखि बिहान १० बजेर २८ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

 

ब्रहा मुहूर्त

बिहान ३ बजेर ५२ मिनेटदेखि बिहान ४ बजेर ४० मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापारमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने व्यापारकै सिलसिलामा लामो दुरीको यात्रा गर्न सकिनेछ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गरी आम्दानी बढाउन सकिनेछ । लगनशीलता तथा इमानदारिताले दैनिकी परिवर्तन गर्न सकिनेछ । अध्ययन वा कामबाट विश्राम पाइनेछ भने यात्रा, मनोरञ्जनमा तथा खानपानमा समय व्यातित हुनेछ । माया प्रेममा सामिप्यता बढाउन सकिनेछ ।

 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बिवाद तथा प्रतिस्पर्धामा तपाईँको जीत हुनेछ । पुराना समस्या तथा रोगहरू स्वतः ठिक भएर जानेछन् । आर्थिक अवस्था सुदृढ बनाउने चालिने कदमहरू स्वतः स्फूर्त रूपमा सकारात्मक दिशामा अगाडी बढ्नेछ । माया प्रेममा एक अर्कालाई सहयोग गर्दै अगाडी बढ्न सकिने तथा जीवन साथीसँग रमाइलो यात्राको प्रशस्त सम्भावना रहेको छ । अध्ययन तथा कामबाट विश्राम पाइनेछ भने किनमेल तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

 

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) उपहार तथा चिट्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेको छ भने भौतिक सम्पत्तिहरू लाभ हुनेछन् । घर परिवारमा नयाँ मानिसको आगमन हुनेछ भने सन्तान तथा छोराछोरीको प्रगति देख्न पाइनेछ । व्यापार व्यवसायमा लगानी गरी प्रशस्त रुपैयाँ पैसा कमाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवारमा आत्मीयता झल्कनेछ । परिवारका मानिससँग यात्रा तथा मनोरञ्जनमा समय खर्च हुनेछ ।

 

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) समय राम्रो रहेकोले कृषि तथा पशुपालन व्यवसायलाई परिमार्जन गरी आम्दानी बढाउन सकिनेछ । घर जग्गाको कारोबारमा सुधार भई आम्दानीमा वृद्धि हुनेछ । आमा तथा अग्रजहरूको साथ सहयोगले राम्रा तथा उत्पादनमूलक कामहरू गर्न सकिनेछ । छोटो दुरीको धार्मिक यात्राको प्रशस्त सम्भावना रहेको छ । काम वा अध्ययनबाट विश्राम लिँदै यात्रा तथा मनोरञ्जनमा समय व्यातित गर्न सकिनेछ ।  

 

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) छोटो तथा रमाइलो यात्राको तय हुनेछ भने यात्राका क्रममा रमाइला तथा मन मिल्ने साथीभाइहरू भेटिनेछन् । प्रणय सम्बन्धमा सुधार हुनेछ भने एक अर्काको सहयोगले खोजमूलक विषयमा मन जानेछ । आम्दानी बढाउन गरिने कामहरू समयमा नै सम्पन्न गरी आर्थिक स्थिति मजबुत पार्न सकिनेछ । दाजुभाइको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । विवादित विषयहरू तपाईँकै पक्षमा आउने हुँदा मन प्रसन्न रहनेछ ।

 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)  विगतमा गरिएको कामको सकारात्मक नतिजा आउने हुनाले मन प्रसन्न रहनेछ । रोकिएर बसेका कामहरू सम्पादन हुनेछन् भने नयाँ काम गर्ने वातावरण बन्नेछ । व्यापार तथा व्यवसायमा गरिने लगानीबाट नाफा कमाउन सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आफन्त तथा शुभचिन्तकको साथ तथा समर्थन पाइने हुनाले मन प्रसन्न हुनेछ । लगनशील तथा इमानदार भएर लाग्नाले कार्यक्षेत्रमा लोकप्रियता चुलिनेछ । विभिन्न अवसर आउने तथा ती अवसरहरूको सदुपयोग गर्दै परिणाममुखी काम गर्न सकिनेछ । प्रेमको डोरो कसिलो भएर जानेछ । राज्यको निकायमा बसेर काम गर्नेहरूका लागी समय उत्तम रहेको छ । कामबाट विश्राम पाइने तथा यात्रा तथा मनोरञ्जनमा समय व्यातित गर्न सकिनेछ ।

 

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) समय राम्रो रहेकोले आम्दानीको तुलनामा खर्च कम हुँदा रुपैयाँ पैसाको बचत हुनेछ । स्वास्थ्य सामाग्री तथा खाद्यान्नको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । अध्ययन तथा कामको सिलसिलामा लामो दुरीको यात्राको तय गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ ।

 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) अनुसन्धानमा ध्यान केन्द्रित हुँदा उत्कृष्ट नजिता हात पार्न सकिनेछ । प्रविधिको उच्चतम प्रयोग गरी रचनात्मक कार्य गर्न सकिनेछ । पैतृक धनको प्रयोग मार्फत व्यवसाय गरी रोजगारीका अवसर सिर्जना गर्न सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । पारिवारिक जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ ।

 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पैतृक धन तथा सम्पत्ति प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ । बौद्धिक क्षमतामा वृद्धि हुनाले राजनीतिमा आजको दिन पद पाउने योग रहेको छ । प्रतिष्ठित व्यक्तिको सहयोगले उपलब्धिमूलक कामहरू बन्ने तथा सामाजिक क्षेत्रमा नाम कमाउन सकिनेछ । शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धामा तपाईँकै नाम आउनेछ । व्यापार व्यवसायमा भने जस्तो नाफा कमाउन सकिनेछ । यात्रा, खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

 

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापारमा गरिने लगानीबाट मनग्गे आम्दानी हुनेछ । मौसम अनुसारको सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । सामाजिक तथा कल्याणकारी काम गरी नाम कमाउन  सकिनेछ । धर्म तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । लामो दुरीको धार्मिक वा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउको भ्रमण हुनेछ ।

 

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) नसोचेको धन तथा सम्पत्ति हात लागी हुनेछ भने चिट्ठा प्राप्तिको गतिलो योग रहेको छ । आफन्त तथा दिदी बहिनीबाट सहयोग तथा समर्थन पाइनेछ । शुभचिन्तकको सुझावलाई शिरोधार्य गर्दै अगाडी बढ्न सके फाइदा हुनेछ । माया प्रेममा नजिक भई आफ्ना कुराहरू राख्न सकिनेछ । प्रयत्न गर्दा पदीय जिम्मेवारी प्राप्त हुनेछ । व्यावसायिक यात्राको तय गर्न सकिनेछ भने कर्मफल प्राप्त हुनाले मन प्रसन्न हुनेछ ।

 

तपाईँको दिन शुभ रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप