शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा ३  जनाको मृत्यु

शनिबार, १७ साउन २०८२, १६ : ५१
शनिबार, १७ साउन २०८२

सारांश

  • रुपन्देही, सुनसरी र महोत्तरीमा भएका सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ।
  • रुपन्देहीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा २२ वर्षीय प्रेम कुमालको मृत्यु भयो।
  • सुनसरी र महोत्तरीमा भएका दुर्घटनामा १८ वर्षीय नजामुदिन मिया र ३८ वर्षीय नरकुमार आचार्यको मृत्यु भयो।

काठमाडौँ । विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । रुपन्देही, सुनसरी र महोत्तरीमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको हो । 

रुपन्देहीको सैनामैना नगरपालिका–४ कुश्मास्थित सडकमा लु.३० प १२१९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २२ वर्षीय प्रेम कुमालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भैरहवास्थित अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै सुनसरीको दुहबी नगरपालिका–२ पचिरास्थित सडकमा को–६ प ५२४१ नम्बरको मोटरसाइकल र को.३२ प १५०४ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा को. ३२ प १५०४ नम्बरको मोटरसाइकल चालक गढी गाउँपालिका–२ बस्ने १८ वर्षीय नजामुदिन मियाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट नरसिंह होम विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका को.६ प ५२४१ नम्बरको मोटरसाइकल चालक र को. ३२ प १५०४ नम्बरको मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

उता, महोत्तरीको बर्दिबास नगरपालिका–१० वनपथ चोकस्थित सडकमा प्र–२–०३–००१ ख ६४६१ नम्बरको ट्रकले म.प्र ०२–००८ प ६८३४ नम्बरको स्कुटरलाई शनिबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक सर्लाही लालबन्दी नगरपालिका–९ बस्तीपुर क्याम्पस चोक बस्ने ३८ वर्षीय नरकुमार आचार्यको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको शुभ स्वस्तिक अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप