पत्रकार भेटघाट
झलनाथ खनाल भन्छन्- विद्या भण्डारी कोठामै सीमित हुनुहुन्छ भन्नेमा विश्वास छैन
शनिबार, १७ साउन २०८२, १७ : ०३
सारांश
- एकीकृत समाजवादीका नेता झलनाथ खनालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी कोठामै सीमित हुन्छन् भन्ने विश्वास नलागेको बताए।
- उनले एमालेले पार्टी सदस्यता नदिए पनि राजनीतिमा सक्रिय हुन अन्य विकल्प रहेको बताए।
- खनालले राजनीतिक व्यक्ति सक्रिय रहन हजारौँ बाटो हुने धारणा राखे।
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पूर्वराष्ट्पति विद्यादेवी भण्डारी नेकपा एमालेले पार्टी सदस्यता नदिए पनि भण्डारी कोठामै सीमित भएर बस्छिन् भन्ने आफूलाई विश्वास नलागेको बताएका छन् ।
शनिबार काठमाडौँमा केही पत्रकारहरूसँगको भेटमा पूर्वप्रधानमन्त्री समेत रहेका खनालले यस्तो बताएका हुन् ।
‘विद्या भण्डारी कोठामै सीमित हुनुभयो भन्ने विश्लेषणसँग म सहमत छैन’, खनालले भने– ‘एउटा राजनीतिक मान्छेले म राजनीति गर्छु, सक्रिय हुन्छु भन्छ भने उसका लागि हजार बाटाहरू हुन्छन्। एउटा बाटो मात्र हुँदैन ।’
खनालले भण्डारीलाई एमालेले पार्टी सदस्य बन्नबाट वञ्चित गर्दा एउटा बाटो मात्र थुनिएको भन्दै अन्य विकल्पहरू बाँकी नै रहेको बताए । ‘बाटा थुप्रै रहन्छन्’, खनालको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण