पानीको सङ्कट समाधान गर्न मौलापुर नगरपालिकाको पहल
सारांश
- मौलापुर नगरपालिकाले खडेरीका कारण उत्पन्न पानीको सङ्कट समाधान गर्न डिप बोरिङ जडान गरेको छ।
- नगरपालिकाले हालसम्म १२ स्थानमा डिप बोरिङ जडान गरिसकेको छ, र थप स्थापनाको तयारी भइरहेको छ।
- मेयर रिना कुमारी साहले सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै जनहितका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएकी छिन्।
रौतहट । अत्यधिक खडेरीका कारण उत्पन्न भएको पानीको सङ्कट समाधान गर्न मौलापुर नगरपालिकाले पहल गरेको छ। नगरप्रमुख रिनाकुमारी साहको निर्देशन तथा नगरपालिका प्रशासनको समन्वयमा नगरभरि विभिन्न स्थानहरूमा विद्युतीय मोटरसहितको डिप बोरिङ जडान कार्य तीव्र गतिमा सञ्चालन भएको छ।
हालसम्म मौलापुर नगरपालिकाले खडेरीको प्रतिकूल अवस्थामा समेत नगरवासीलाई स्वच्छ र सुरक्षित खानेपानी उपलब्ध गराउन १२ स्थानमा डिप बोरिङ जडान गरिसकेको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताएका छन्। अधिकृत साहका अनुसार मौलापुर ३ पतौरा , वडा ४, पथरा बुधराम , ननकार पथरा वडा १, चिरचिरिया लगायतका स्थानहरूमा डिप बोरिङ जडान गरिएको हो।
नगरपालिकाले हालसम्मको सफलतामा चित्त नबुझाउँदै थप डिप बोरिङ स्थापनाको लागि आवश्यक समन्वय र तयारीहरूलाई समेत अगाडि बढाइरहेको उनले जानकारी दिएको छ। यसका लागि आवश्यक पूर्वाधार तथा प्रविधिको व्यवस्थापनका साथै प्राविधिक टोलीहरूको सक्रियता जारी छ।
नगरप्रमुख साहले डिप बोरिङ जडान कार्यमा प्रत्यक्ष तथा परोक्ष रुपमा सहयोग पुर्याउने सम्पूर्ण व्यक्तित्व, स्थानीयवासी, वडाध्यक्षहरू, प्राविधिक टोली तथा कर्मचारीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा समेत जनहितका यस्ता कार्यलाई निरन्तरता दिइने प्रतिबद्धता जनाएका छन्।
सामुदायिक सेवा र उत्तरदायित्वको उदाहरणीय रूपमा मौलापुर नगरपालिकाले लिएको यो कदम नगरवासीहरूद्वारा व्यापक सराहना पाउँदै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण