सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

नदीमा बगेर बेपत्ता भएका वृद्धको शव फेला

आइतबार, १८ साउन २०८२, १६ : २०
आइतबार, १८ साउन २०८२

सारांश

  • शुक्लाफाँटा नगरपालिका-३ जोनापुरस्थित स्याली नदीमा बगेर बेपत्ता भएका ७० वर्षीय गणेश कुँवरको शव फेला परेको छ।
  • उनी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको शिवरमा बस्दै आएका थिए र नदी तर्ने क्रममा बेपत्ता भएका थिए।
  • प्रहरी र स्थानीय बासिन्दाले तीन दिनसम्म खोजतलास गरेपछि शव सनवोरा र स्याली नदीको दोभानमा फेला पारेका हुन्।

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ जोनापुरस्थित स्याली नदीमा बगेर बेपत्ता भएका अन्दाजी ७० वर्षीय गणेश कुँवरको शव आज फेला परेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तारापुरस्थित शिवरमा बस्दै आएका कुँवर नदी तर्ने क्रममा शुक्रबार साँझ बगेर बेपत्ता भएका थिए । 

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक राजेश बस्नेतका अनुसार खोजतलास गर्ने क्रममा बगेको ठाउँभन्दा करिब दुई किलोमिटर दक्षिण सनवोरा र स्याली नदीको दोभानमा आज कुँवरको शव फेला परेको हो । 

शव परीक्षण गर्नका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पठाइएको जनाउँदै उनले कुँवरको तीन दिनसम्म प्रहरी, स्थानीय बासिन्दालगायतले खोजी गरेका बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप