शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्री तुर्कमेनिस्तानमा, कार्यवाहक पोखरामा

सोमबार, १९ साउन २०८२, ११ : ५८
सोमबार, १९ साउन २०८२

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तान गएपछि प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइयो।
  • कार्यवाहक प्रधानमन्त्री सिंहले पोखरामा नवनिर्मित भवनको उद्घाटन गरे।
  • वर्षायामको समयमा पनि सिंह पोखरा गएकोमा आलोचना भयो।

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागिताका लागि तुर्कमेनिस्तान गएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई दिएका छन् ।

साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट) अवाजा सहरमा आयोजना हुने सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली आइतबार त्यसतर्फ प्रस्थान गरेपछि उनको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सिंहलाई कार्यवाहक दिएका हुन् । 

कार्यवाहक पाएको अर्को दिन बिहानै सिंह भने पोखरा हानिएका छन् । कास्की जिल्ला पोखरा महानगरपालिका –७ स्थित सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय कास्कीको नवनिर्मित भवन उदघाटनका लागि सिंह पोखरा पुगेको उनको सचिवालयले जानकारी दिएको छ । 

उनले त्यहाँ पुगेर भवन उद्घाटन गरिसकेका छन् ।  वर्षातको समय रहेकाले मुलुकभर पानी पर्ने र अप्रिय घटना हुने सम्भावना रहे पनि सिंह भने त्यसको ख्याल नगरी पोखरा पुगेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप