बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

ट्यारिफ लगाउने निर्णयको ट्रम्पले गरे बचाउ

सोमबार, १९ साउन २०८२, १५ : ४५
सोमबार, १९ साउन २०८२

वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दर्जनौँ व्यापारिक साझेदार देशहरूमाथि पारस्परिक ट्यारिफ लगाउने आफ्नो निर्णयको बचाउ गरेका छन् ।

यो काम धेरै वर्ष पहिले नै गरिनुपर्ने थियो भनेर उनले उल्टै भनेका छन् । अमेरिकाले ट्यारिफबाट प्राप्त रकमले आफ्नो ऋण तिर्ने पनि उनले बताए । 

‘हामी ऋण तिर्नेछौँ । देशमा यति धेरै पैसा आउँदैछ र यो यति धेरै हुनेछ कि, जुन कहिल्यै एकसाथ कहिल्यै भित्रिएको थिएन होला । यसबाट पहिला त ऋण चुक्ता गर्नेछौँ । हामीले यो धेरै वर्ष पहिले गर्नुपर्थ्यो । मैले मेरो पहिलो कार्यकालमा चीनसँग यो गरेको थिएँ, तर कोरोना महामारीका कारण अन्य देशहरूसँग यो हुन सकेन,’ मिडियासँग ट्रम्पले भने । 

‘म कुनै पनि प्रकारको दबाब चाहन्न, मात्रै निष्पक्षता चाहन्छु । हामी जहाँ पनि र जति हुन्छ सक्छ पारस्परिक कर हेर्न चाहन्छौँ । कहिलेकाहीँ, यो उनीहरूको लागि धेरै हुनेछ । यो निकै धेरै ठुलो रकम हुनेछ । र म यति मात्रै भन्न सक्छु कि हाम्रो देशले यसबाट सयौँ अर्ब डलर कमाउनेछ,’ ट्रम्पले भने ।

ह्वाइट हाउसमा प्रवेश गरेको छ महिनाभित्रै ट्रम्पले आर्थिक शक्ति प्रयोग गरेर अमेरिकाको व्यापार घाटा बेहोरिरहेका देशहरूलाई दण्ड दिन ट्यारिफ लगाउन थालेका थिए । उनको यस कदमबाट विश्वव्यापी अर्थतन्त्रलाई चौपट भएको छ । 

ट्रम्पले अप्रिल २ मै अमेरिकाले व्यापार घाटा बेहोरिरहेका देशहरूबाट आउने सामानमा पारस्परिक ट्यारिफ लगाउने घोषणा गरेका थिए । ५० प्रतिशतसम्म पारस्परिक कर लगाउने विश्वका लगभग सबै देशमाथि १० प्रतिशत आधारभूत करको घोषणा गरेका थिए । जोसँग अमेरिकाको व्यापार घाटा छ । 

जब पारस्परिक करको आलोचना भयो, तब उनले विभिन्न देशलाई वार्ताको मौका दिन यस्तो शुल्क (कर) ९० दिनका लागि  स्थगित गरे । अन्ततः केही देशहरूले भने ट्रम्पका माग स्वीकार गरी अमेरिकासँगको व्यापार सम्झौतामा हस्ताक्षर गरिसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप