शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

राप्रपा इतर समूहको बैठक हात्तीसारमा, राजेन्द्र लिङ्देनविरुद्ध मोर्चाबन्दी

सोमबार, १९ साउन २०८२, १६ : ३३
सोमबार, १९ साउन २०८२

सारांश

  • राप्रपाभित्रको विवाद बढ्दै जाँदा इतर समूहको बैठक राजधानीको हात्तीसारमा बस्यो।
  • बैठकमा पार्टीको गलत निर्णय सच्याउन दबाब दिने रणनीति बनाइयो, जसमा ७० नेताको सहभागिता थियो।
  • अध्यक्ष लिङ्देनले केही पदाधिकारीलाई पदमुक्त गरेपछि इतर समूहले लिङ्देनको विरुद्ध मोर्चाबन्दी गरेको छ।

काठमाडौँ । राप्रपाभित्र विवाद बढिरहेका बेला इतर समूहको बैठक राजधानीको हात्तीसारमा बसेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई एकलौटी ढंगले चलाइरहेको भन्दै असन्तुष्ट बनेका इतर समूहका नेताहरू सोमबार हात्तीसारस्थित नेपाल हाउसमा छलफलमा जुटेका हुन् । 

इतर समूहका एक नेताले केही पदाधिकारीसहित ७० जनाको हाराहारीमा नेताहरू छलफलमा जुटेको बताए । बैठकले पार्टीको गलत निर्णय सुधारका लागि दबाब दिने रणनीति लिने उनको भनाइ छ ।

बैठकमा वरिष्ठ उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डे,  उपाध्यक्ष (पदमुक्त भएका) मुकुन्द श्याम गिरी,  महामन्त्रीद्वय डा. धवलशमशेर राणा र  कुन्ती कुमारी शाही सहभागी छन् । 

यस्तै बागमती प्रदेश अध्यक्ष विक्रम बहादुर थापा, कर्णाली प्रदेश अध्यक्ष दिपबहादुर शाही, पूर्वमन्त्री तथा केन्द्रीय सदस्य जगत गौचन, प्रवक्ता (पदमुक्त भएका) सगुन सुन्दर लावती, सहमहामन्त्री रवीन्द्र प्रताप शाह, सहायक प्रवक्ता प्रबिन कुमार थोकर तामाङ, सहायक महामन्त्री प्रेम बलायर, ऋषिराज देबकोटा र सौरेन्द्र बहादुर शाहलगायत ७० जना सहभागी छन् ।

अध्यक्ष लिङ्देनले अनुशासन समितिका अध्यक्ष नवराज सुवेदीलगायतलाई पदमुक्त गरेपछि इतर समूहका नेताहरुले लिङ्देनविरुद्ध मोर्चाबन्दी गर्दै आएका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप