युक्रेन युद्धमा चीन–पाकिस्तानसहित धेरै देशका ‘भाडाका सैनिक’ संलग्न रहेको जेलेन्स्कीको दाबी
मङ्गलबार, २० साउन २०८२, १२ : ३९
सारांश
- युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रुस-युक्रेन युद्धमा चीन र पाकिस्तानसहितका देशका भाडाका सैनिक संलग्न भएको दाबी गरे।
- जेलेन्स्कीले भोभ्चान्स्क क्षेत्रमा सैनिकहरूसँगको भेटघाटपछि सामाजिक सञ्जालमा यस्तो जानकारी दिएका हुन्।
- उनले युद्धमा चीन, ताजिकिस्तान, उज्बेकिस्तान, पाकिस्तान र अफ्रिकी देशका भाडाका सैनिकहरू संलग्न भएको बताए।
किभ । चीन र पाकिस्तान सहित धेरै देशका ‘भाडाका सैनिकहरू’ रुस–युक्रेन युद्धमा संलग्न रहेको दाबी युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले गरेका छन् ।
जेलेन्स्कीले युक्रेनी सैनिकहरूसँगको तस्बिरहरू सेयर गर्दै माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा पोस्ट लेखेका थिए । सोमबार आफू भोभ्चान्स्क क्षेत्रमा सैनिकहरूबिच उपस्थित भएको अनि त्यहाँ आफूले मोर्चाको अवस्थाको बारेमा कमाण्डरहरूबाट जानकारी लिएको पोस्टमा उनले बताएका थिए ।
उनले लेखेका छन्, ‘भोभ्चान्स्क क्षेत्रमा हाम्रा योद्धाहरूले युद्धमा चीन, ताजिकिस्तान, उज्बेकिस्तान, पाकिस्तान र अफ्रिकी देशका भाडाका सैनिकहरूको संलग्नताको रिपोर्ट गरिरहेका छन् । हामी यसको जवाफ दिनेछौँ ।’
यस अघि पनि बारम्बार युक्रेनमा रुसी सेनालाई मद्दत गर्न उत्तर कोरियाली सैनिकहरू तैनाथ गरिएको दाबीसहितका समाचारहरू आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण