स्वदेशमै उत्पादन भएका कपडा प्रयोग गरौँ : मुख्यमन्त्री आचार्य
बुधबार, २१ साउन २०८२, १९ : ४३
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय उत्पादनका सामग्रीहरूको प्रवर्द्धनबाटै रोजगारी सृजना गर्न सकिने बताएका छन् ।
दाङको लमही नगरपालिका–३ फल्कापुरमा नेपाल महिला हस्तकला कपडा उद्योगको बुधबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले बाहिरबाट आयातित कपडाको साँटो स्वदेशमै उत्पादन भएका कपडाहरूको प्रयोग गर्न सबैमा आह्वान गरे ।
उनले बाहिरबाट आएका कपडालाई विस्थापित गर्दै स्वदेशमै उत्पादन भएका कपडाहरू प्रयोग गरेर अगाडि बढ्न जरुरी भएको समेत बताए ।
लुम्बिनी प्रदेशमा मात्र नभई देशका कुना–कुनामा यहाँ उत्पादन भएका कपडाहरूको बजार विस्तार गर्नुपर्नेमा उनले जोड दिए ।
उद्यमी तथा व्यवसायीको साथमा सरकार रहेको उल्लेख गर्दै घरमा बेरोजगार भएर बस्ने होइन, स्वरोजगार बन्न तालिम लिने, खाली समयको सदुपयोग गर्दै उत्पादनमा जोडिन आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० को उमेरपछि मुटुलाई फिट राख्न गर्नै पर्छ यी परीक्षण
-
अस्ट्रेलियाली अभियन्तामाथि पनि दुर्व्यवहारको आरोपबारे अनुसन्धान सुरु
-
पाँच हजार तीन सय २ औषधि पसल र फार्मेसीको प्रमाणपत्र स्वतः खारेज
-
अमेरिका–इरान सम्झौतापछि ऊर्जा आपूर्ति संकट अन्त्य हुने आशा
-
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ
-
सडकको नयाँ मापदण्ड मन्त्रिपरिषदबाट फिर्ता गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण