शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

‘सिटामोल’ले कति पायो देशभर शो ?

बुधबार, २१ साउन २०८२, २० : ४६
बुधबार, २१ साउन २०८२

काठमाडौंँ । आगामी शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म हो ‘सिटामोल’ । फिल्मको देशभरका अधिकांश मल्टिप्लेक्सले अग्रिम टिकट बुकिङ खुला गरेको हो ।

फिल्मलाई देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले काठमाडौं उपत्यकामा १५ शो र मोफसलमा १६ शो गरी देशभर ३१ शो दिएको छ । 

यता देशकै दोस्रो ठुलो मल्टिप्लेक्स चेनले आईएनआई सिनेमाजले आफ्ना ४ आउटलेटमा ११ शो, बिग मुभिजले २ शो, एफक्युब सिनेमाजले ३ शो, बीएसआर मुभिजले २ शो, वान सिनेमाज्ले ६ शो, सिने डी सेफले ३ शो, कीर्तिपुर सिनेप्लेक्सले २ शो उपलब्ध गराएका छन् । अझै धेरै फिल्मले शो खुलाउन बाँकी रहेको छ । 

राज बहादुर साने निर्देशित फिल्ममा सौगात मल्ल, बेनिशा हमाल, श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ । 

तुल्सीदेवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण गरेको फिल्मको  कथा प्रदीप भारद्वाज र निर्देशक सानेले लेखेका हुन् ।

सिमोस सुनुवारको प्रस्तुती रहेको फिल्ममा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सह–निर्माता रहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप