भारतको उत्तराखण्डमा गएको बाढीको क्षतिले मर्माहत बनायो : प्रचण्ड
शुक्रबार, २३ साउन २०८२, ०९ : १२
सारांश
- प्रचण्डले भारतको उत्तराखण्डमा गएको बाढीबाट भएको क्षतिको बारेमा दुःख व्यक्त गरे।
- बाढीमा १८ जना नेपाली नागरिकसहित दर्जनौँ भारतीय नागरिक बेपत्ता भएको उनले उल्लेख गरे।
- प्रचण्डले भारत सरकार र जनताप्रति समवेदना व्यक्त गरे।
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतको उत्तराखण्डमा गएको बाढीको क्षतिले मर्माहत बनाएको बताएका छन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्– मित्रराष्ट्र भारतको उत्तराखण्ड राज्यमा बाढीले निम्त्याएको जनधनको ठुलो क्षतिले मर्माहत बनाएको छ। बाढीमा १८ जना नेपाली नागरिकसहित दर्जनौँ भारतीय नागरिक बेपत्ता भएको यो दुःखद क्षणमा हामी भारत सरकार र भारतीय जनताको साथमा छौँ।
गत बुधबार भारतको उत्तराखण्डमा गएको बाढीमा परी सयौँ बेपत्ता भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण
-
भूलबस मिसाइल आक्रमणबारे ‘गलत’ चेतावनी दिएकोमा युएईद्वारा क्षमा याचना
-
दुई दिनमा १८ लाख बराबरको ड्रागन फ्रुटको कारोबार
-
एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ
-
नेकपा कोशीले बनायो १ हजार ४९९ सदस्यीय समिति, प्रचण्डले गराए शपथ
-
उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण