रोजगारीका लागि प्राविधिक शिक्षा अपरिहार्य : मुख्यमन्त्री आचार्य
सारांश
- लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले प्राविधिक शिक्षालाई रोजगारीको लागि महत्त्वपूर्ण रहेको बताए।
- मुख्यमन्त्रीले प्राविधिक शिक्षालाई प्राथमिकता दिँदै शिक्षण प्रक्रियालाई प्रभावकारी बनाउन आग्रह गरे।
- शिक्षालयमा विद्यार्थीहरूले बनाएका विभिन्न प्रयोगात्मक सामग्रीहरूको प्रदर्शन गरियो।
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्राविधिक शिक्षाले रोजगारीको सुनिश्चितता दिने भएकाले यसलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।
कोरिया–नेपाल बहुप्राविधिक शिक्षालय, तामनगर, रुपन्देहीको अनुगमन गर्दै मुख्यमन्त्री आचार्यले प्राविधिक शिक्षाले विद्यार्थीहरूलाई आत्मनिर्भर बन्न र उद्यमशीलताको विकास गर्न सहयोग पुग्ने बताए। ‘अबको शिक्षा प्राविधिक धारमा केन्द्रित हुनुपर्छ,’ उनले भने, ‘किनभने प्राविधिक विषय पढेपछि रोजगारी पाइन्छ वा आफैँ उद्यम गर्न सकिन्छ।’
उनले प्रदेश सरकारले प्राविधिक शिक्षालाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै शिक्षालयहरूलाई पनि सोही अनुरूप शिक्षण प्रक्रियालाई तीव्र बनाउन आग्रह गरे।
शिक्षालयका प्रमुख नवीन किशोर गैह्रेले विद्यार्थीहरूलाई थप आकर्षित गर्न भूमिका बढाइएको जानकारी दिए। अनुगमनका क्रममा शिक्षालयका विद्यार्थीहरूले प्रयोगात्मक कक्षामा बनाएका दुनाटपरी बनाउने औजारदेखि पनिर च्याप्ने उपकरणसम्मको प्रदर्शन गरिएको थियो।
शिक्षालयमा हाल विद्युत् तथा इलेक्ट्रोनिक्स इन्जिनियरिङ, अटोमोबाइल इन्जिनियरिङ, यान्त्रिक इन्जिनियरिङ, रेफ्रिजेरेसन तथा एयर कन्डिसनिङ, सूचना प्रविधि इन्जिनियरिङ लगायतका विषयमा लामो तथा छोटो अवधिका कक्षाहरू सञ्चालन हुँदै आएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले खोज र नवप्रवर्तनमा विनियोजन गरेको बजेट पर्याप्त भएन: सांसद बराल
-
कम्पनी ऐन २०८३ को मस्यौदा : खारेजी प्रक्रिया सहज, साना कम्पनीलाई राहत
-
४० को उमेरपछि मुटुलाई फिट राख्न गर्नै पर्छ यी परीक्षण
-
अस्ट्रेलियाली अभियन्तामाथि पनि दुर्व्यवहारको आरोपबारे अनुसन्धान सुरु
-
पाँच हजार तीन सय २ औषधि पसल र फार्मेसीको प्रमाणपत्र स्वतः खारेज
-
अमेरिका–इरान सम्झौतापछि ऊर्जा आपूर्ति संकट अन्त्य हुने आशा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण