शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
सवाल जवाफमा माधव–झलनाथ

माधवलाई झलनाथको जवाफ : ‘एमालेमै फर्किनु तपाईंका लागि उपयुक्त हुन्छ’

शुक्रबार, २३ साउन २०८२, २१ : १८
शुक्रबार, २३ साउन २०८२

सारांश

  • एकीकृत समाजवादीका नेता झलनाथ खनालले अध्यक्ष माधवकुमार नेपालप्रति कटाक्ष गर्दै एमालेमा फर्कन सुझाव दिए।
  • अध्यक्ष नेपालले खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीको सेवा गर्न सुझाव दिएका थिए।
  • खनालले नेपालको अभिव्यक्तिलाई लिएर विद्रोहको औचित्य नभएको र बहुदलीय जनवाद मान्ने भए एमालेमै फर्कनुपर्ने बताए।

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टीका अध्यक्ष माधवकुमार नेपालप्रति तीव्र कटाक्ष गरेका छन् । पूर्वप्रधानमन्त्री खनालले नेपालको पछिल्ला अभिव्यक्तिलाई लक्षित गर्दै उनलाई नेकपा एमालेमा फर्कन सुझाव दिएका हुन् ।

यसअघि अध्यक्ष नेपालले खनाललाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको सेवा गरेर बस्न सुझाव दिएका थिए । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विद्रोह गरेर नयाँ पार्टी बनाउने अनि अहिले विद्रोह गरेको औचित्य छैन भन्ने कुरा गर्न पार्टीको अनुशासन विपरीत रहेको तर्क गरे । 

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा खनालले नेपालको भनाइको जवाफ दिँदै भने, ‘हामीले विद्रोह गरेर आएको पनि चार वर्ष भइसक्यो, महाधिवेशन भएको पनि १३ महिना पुगिसक्यो। तर अहिलेसम्म न वैज्ञानिक समाजवादको स्पष्ट कार्यक्रम आएको छ, न विद्रोह पुष्टि गर्ने ठोस प्रयासहरू नै देखिएका छन् ।’

खनालले नेपालकै अभिव्यक्तिहरू उद्धृत गर्दै थपे, ‘माधव कमरेड बारम्बार भन्नुहुन्छ – ‘बहुदलीय जनवाद त छोड्नै सकिँदैन, यो त सबैभन्दा राम्रो लोकतन्त्र हो। हामी एकदलीय जनवादतिर जान सक्दैनौँ। यदि बहुदलीय जनवाद नै ठिक लाग्छ भने त्यसको मूल केन्द्र त नेकपा एमाले नै हो ।’

‘यदि बहुदलीय जनवाद नै तपाईँको मूल मान्यता हो भने बरु कमरेड माधव आफैँ एमालेमै फर्किएको राम्रो हुने थिएन र? मलाई एमाले जानुपर्छ भन्नुभन्दा, आफूले एक पटक ऐनामा अनुहार हेरेर एमाले फर्कन सोच्नु उपयुक्त हुने थियो,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप