शुसिला कार्कीले ‘बमबम उप्रिन थाल्ने ?’ भनेपछि महान्यायाधिवक्ता कार्यालयको यस्तो आपत्ति !
राजेश भण्डारी
काठमाडौं– प्रधान न्यायाधिशबाट अवकास पाउनासाथ शुसिला कार्कीले लगातार सञ्चार माध्ममा अन्तर्वार्ता दिँदै महान्यायाधिवक्ताको कार्यालयले आफ्नो कार्यकालमा शत प्रतिशत मुद्दा स्थगित गरेर फैसला नै हुन नदिएको आरोप लगाएपछि महान्यायाधिवक्ताको कार्यालयले त्यस्तो आरोपको खण्डन गरेको छ ।
मंगलबार महान्यायाधिवक्ताको कार्यालयको तर्फबाट प्रवक्ता संजिवराज उप्रेतिले एक प्रेस विज्ञप्ती प्रकाशन गरेर कार्कीको भनाईलाई खण्डन गर्दै आपत्ति समेत जनाएका छन् ।
‘पुर्व प्रधान न्यायाधिश सुशिला कार्कीले अन्तर्वार्ताका क्रममा खासगरी ‘महान्यायाधिवक्ताको कार्यालयबाट अचाक्ली मुद्दा स्थागन भएको’, ‘शत प्रतिशत मुद्दा स्थगित गरेको’, ‘फैसला नै हुन नदिने’, ‘चुनावको बहाना बनाउने’, ‘फायल नआएको बहना बनाउने’ जस्ता हुँदै नभएका शब्दाबली प्रयोग गरी महान्यायाधिवक्ता र सरकारी वकिल प्रति टिप्पणी गरेकोमा गम्भिर आपत्ति प्रकट गर्दछौं’ मंगलबार जारी विज्ञप्तीमा भनिएको छ ।
अन्तर्वार्ताका क्रममा पुर्व प्रधान न्यायाधिश कार्किले ‘यो मुद्दा यो न्यायाधिश कहाँ हुँदैन, यो न्यायाधिश कहाँ हुन्छ’ भन्ने ‘बम बम उफ्रिन थाल्ने’ जस्ता शब्द प्रयोग गरेको प्रति पनि महान्यायाधिशवक्ता कार्यालयले आपत्ति जनाउँदै अपवादजनक र काबु बाहिरको परिस्थितीमा बाहेक सरकारी वकिलबाट पेशी हटाउने कार्य नभएको जिकीर गरेको छ ।
आफैंले न्याय सेवा आयोगका अध्यक्षता गरेर महान्यायाधिवक्ताको कार्यालय र अन्तर्गतका रा.प द्धितीय श्रेणीका उपन्यायाधिवक्ताहरुलाई स्थानिय निर्वाचनको लागी निर्वाचन अधिकृतको रुपमा सिफारिश गरेको अवस्थामा चुनावको बहानामा मुद्दा हटाएको भनी गरेको टिप्पणी आपत्तिजनक भएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।
दिनहुँ दर्जनौं सरकारी वकिलले सर्वोच्च तथा अन्य तहका अदालतमा सरकारको तर्फबाट बहस पैरवी गरेको तथ्यलाई अनदेखा गरेको उल्लेख गर्दै विज्ञप्तीमा भनिएको छ, ‘सरकारी वकिलको संस्थालाई नै मुद्दाको कारवाहीको अवरोधकको रुपमा चित्रण गर्नेगरी प्रकाशीत उक्त अन्तर्वार्ता स्वभाविक नभएको ब्यहोरा सवैमा जानकारी गराउँछौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘किसान र माटोसँग घुलमिल नभई नयाँ नवप्रवर्तन सम्भव छैन’
-
आयोगका सिफारिस कार्यान्वयन नगर्नु मानवअधिकार हनन् हो : थापा
-
इरानसँगको सम्झौता अन्त्य भएको ट्रम्पको घोषणालगत्तै चुलियो कच्चा तेलको भाउ
-
कर्मचारीतन्त्र जनप्रतिनिधिको गतिमा चल्न सकेन : सांसदहरू
-
उदयपुरमा प्राधिकरणका कर्मचारीको मृत्यु
-
इरानलाई क्यान्सरसँग तुलना गर्दै ट्रम्पले भने– अब एमओयू सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण