रास्वपाले साउन २७ गते ‘दि फ्युचर लिडर्स समिट’ मनाउने
आइतबार, २५ साउन २०८२, १७ : १९
काठामडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले साउन २७ गते ‘दि फ्युचर लिडर्स समिट’ मनाउने भएकाे छ ।
सांसद डा. तोसिमा कार्कीको नेतृत्वमा रहेको युवा तथा खेलकुद विभागले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा ललितपुरमा साउन २७ गते उक्त समिट मनाउन लागिएको हो ।
विभागले केन्द्रीय कार्यालय वनस्थलीमा आइतबार पत्रकार सम्मेलन गरी युवाहरूको सीप विकास, डिजिटल साक्षरता, मानसिक स्वास्थ्य लगायत विषयमा जनचेतना जगाउने हिसाबले सम्मेलन गर्न लागिएको जानकारी दिएको छ । सातै प्रदेशमा युवाहरूको सहभागी रहने कार्कीले जानकारी दिइन् ।
'युवाहरू राजनीतिमा आउनुपर्छ । राज्यसत्ता युवाले चलाउनुपर्छ भन्ने विषयमा बढी फोकस गरिनेछ । अबको नेपाल युवाले नै हाँक्नुपर्छ’, उनले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण