दाङमा सिँचाइ विस्तार, सबै योजना पूरा
सारांश
- आर्थिक वर्ष २०८१/८२ मा दाङको तुलसीपुरस्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले २६९ योजना सम्पन्न गरेको छ।
- कार्यालयले ३२ करोड ७३ लाख बजेटमध्ये ३१ करोड ८३ लाख ५६ हजार खर्च गरेको छ, जुन ९७.२७ प्रतिशत हो।
- कार्यालयले १६२ किलोमिटर नहर पक्की बनाएको र ७ हजार ६३२ हेक्टरमा सिँचाइ सुविधा पुर्याएको छ।
दाङ । दाङको तुलसीपुरस्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दाङले आर्थिक वर्ष २०८१/८२ मा २७१ मध्ये २६९ योजना सम्पन्न गरेको छ । कार्यालय प्रमुख कृष्णबहादुर विकले रु ३२ करोड ७३ लाख बजेमध्ये रु ३१ करोड ८३ लाख ५६ हजार अर्थात ९७.२७ प्रतिशत खर्च भएको जानकारी दिए ।
उनका अनुसार जल उत्पन्न प्रकोप न्यूनीकरण तथा व्यवस्थापन कार्यक्रमअन्तर्गत ८७, सिँचाइ आयोजना मर्मत सुधार तथा विस्तारतर्फ १४५, मझौला तथा वैकल्पिक प्रविधिमा आधारित सघन सिँचाइ कार्यक्रमतर्फ ३२ र जलाशय निर्माणका पाँचवटा योजना पूरा भएका हुन् ।
सिँचाइ आयोजना मर्मत सुधार तथा विस्तारका दुईवटा योजना भने कार्यान्वयनमा हुन नसकेको उनको भनाइ छ । उनका अनुसार हाल कार्यालयबाट तीनवटा बहुवर्षीय योजनाको काम चलिरहेको छ । झिग्नी बबई सिँचाइ योजना घोराही–३ र घारिचौर सिँचाइ योजना बङ्गलाचुली–७ को ठेक्का सम्झौता भइसकेको छभने बस्तीखोला सिँचाइ योजना शान्तिनर–३ र ४ को काम बोलपत्र आह्वान भएको छ ।
कार्यालयले २०७२ सालदेखि अहिलेसम्म १६२ किलोमिटर नहर पक्की बनाएको छभने ६७ लिफ्ट सिँचाइ, ६७ पम्प हाउस, ९.७३ किलोमिटर पाइप लाइनिङ, ४५ वटा विद्युतीकरण गरेको छ । जसबाट थप सात हजार ६३२ हेक्टरमा सिँचाइ सुविधा पुगेको छ भने ३१ हजार ५८३ हेक्टरमा सिँचाइ सुविधा सुदृढीकरण गरिएको कार्यालयले जनाएको छ ।
त्यसैगरी, कूल ७२.७७ किलोमिटर तटबन्ध तथा नदी नियन्त्रण गरिएको छ । जसबाट १२ हजार ५४६ हेक्टर जमिन सुरक्षित भएको छभने आठ हजार ६५८ वटा घर सुरक्षित भएका छन् ।
कार्यालय प्रमुख विकका अनुसार दाङमा ७५ हजार ९९१ हेक्टर (२५.७२ प्रतिशत) कृषि क्षेत्र हो । जसमध्ये अहिले ६० हजार ३६७ हेक्टर (२०.४३ प्रतिशत) मा सिँचाइ सुविधा पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रालयको बोर्डबाटै 'यातायात' शब्द गायब गरियो : अध्यक्ष सिटौला
-
दोहोरी साँझ नजिकै भएको कुटपिटबाट युवकको मृत्यु, चार जना पक्राउ
-
दीपक भट्ट र सुलभ अग्रवालको आज विशेष अदालतमा थुनछेक बहस
-
सम्झौताको अस्पष्टताले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य फेरि उकालो, बजारमा अझै संशय
-
सुधार नगरे काठमाडौँको सडक ठप्प हुने ट्राफिक प्रहरीको चेतावनी, नियम मिच्नेलाई ५० हजारसम्म जरिवाना प्रस्ताव
-
अमेरिकामा वायुसेनाको बी-५२ बमवर्षक विमान दुर्घटना, दुई बोइङ कर्मचारीसहित आठ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण