वर्षा
सुनसरी र इलामका नदीमा जलसतह सतर्कता तह पार, स्थानीयलाई सतर्क रहन आग्रह
बुधबार, २८ साउन २०८२, ०४ : ३५
सारांश
- जल तथा मौसम विज्ञान विभागले सुनसरी र इलामका नदीहरूमा जलसतह सतर्कता तह पार गरेको जनाएको छ।
- सार्दु खोला र माई खोलामा जलसतह सतर्कता तह पार गरी बढ्दो क्रममा रहेको विभागले जनाएको छ।
- नदी तटीय क्षेत्र र डुबानको जोखिम हुने स्थानका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको छ।
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले सुनसरी र इलामका नदीहरूमा जलसतह सतर्कता तह पार गरेको जानकारी दिएको छ।
विभागका अनुसार, बुधबार बिहान ३:१५ बजे सुनसरी जिल्लास्थित सार्दु खोला मदन भण्डारी राजमार्ग जलमापन केन्द्रको जलसतह सतर्कता तह पार गरी बढ्दो क्रममा छ। यस कारण नदी तटीय क्षेत्र तथा डुबानको सम्भावना हुने होचा भू–भागमा बसोबास गर्ने स्थानीयलाई बिहानसम्म उच्च सतर्कताका साथ सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।
यस्तै, इलाम जिल्लास्थित माई खोला चिसापानी जलमापन केन्द्रको जलसतह पनि सतर्कता तह पार गरी बढ्दो क्रममा रहेको विभागले जनाएको छ। नदी तटीय क्षेत्रमा बस्ने र डुबानको जोखिम हुने स्थानका बासिन्दालाई बिहानसम्म सतर्क रहन अनुरोध गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय रौतहटका प्रमुखको सरुवा कार्यान्वयन गर्न चुरे अभियानको माग
-
विश्वकपका खेल हेरेर ५० हजार डलर कमाउने दुई भाग्यमानी फुटबल फ्यान
-
मेक्सिको–चेक गणतन्त्र र दक्षिण अफ्रिका–दक्षिण कोरियाबिचको पहिलो हाफ गोलरहित
-
एलन मस्कले गुमाए 'ट्रिलियनेयर' को हैसियत
-
क्यानडाका कोनेको खुट्टा भाँच्ने कतारी मिडफिल्डरलाई पाँच खेलको प्रतिबन्ध
-
भेनेजुएलामा ३९ सेकेण्डको अन्तरमा दुई शक्तिशाली भूकम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण